पत्रकार तुम्बापोलाई चुम्लुङको सम्मान

narayan tumbapoपाँचथर, माघ २८ गते । पाँचथरमा लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ शाखा पाँचथरले आफ्नो सातौँ अधिवेशन अवसरमा गोरखापत्रका पाँचथर समवाददाता नारायण तुम्बापोलाई सम्मान गरेको छ ।

समाचार संकलन, सम्पादन तथा सम्प्रेशणको माध्यमबाट लिम्बू कला, भाषा, संस्कृति संरक्षणमा उल्लेख्य योगदान पु¥याएको भन्दै तुम्बापोलाई चुम्लुङले सम्मान गरेको हो । फिदिम नगरपालिका दुई ओदिन निवासी तुम्बापोलाई चुम्लुङ शाखा पाँचथरका तत्कालिन अध्यक्ष बुद्धराज लिम्बूले खादा ओढाई सम्मानपत्र प्रदान गरिएको थियो । विगत १५ वर्षदेखि पत्रकारितामा क्रियाशील तुम्बापोलाई लिम्बू जातिको सर्वाङ्गीण विकासको पक्षमा कलम चलाएकोमा सम्मान गरिएको बुद्धराजले बताए ।

तुम्बापोसहित लिम्बू भाषा लिपी संरक्षणमा योगदान पु¥याउनु हुने हरिचन्द्र लावती, साहित्यमा पुष्पराज लोवा, तिलविक्रम नेम्बाङ लोक संगीतमा कृष्ण लावती र नायक तथा चलचित्रकर्मी मित्र लिङ्देनलाई पनि चुम्लुङले सम्मान ग¥यो ।

माघ २६ उद्घाटन भएर २७ गते सम्पन्न अधिवेशनले नरेन्द्रराज केरुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति समेत सर्वसम्मतले चयन गरेको छ । उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः महेन्द्रकुमार आङ्देम्बे, सुरेन्द्र शिशिर केरुङ, चन्द्र माङ्मु र युन्छोहाङ्मा तुम्बापो चयन भएका छन् ।

त्यसैगरी तीन जना राष्ट्रिय परिषद सदस्य कमिता तुम्बापो, रघुविर नेम्बाङ, गणेश चेम्जोङ र पाँच जना जिल्ला परिषद सदस्य उदय नेम्बाङ, बिचारसीङ लावती, बृजहाङ आङ्देम्बे, पदम योङहाङ, मिसेकहाङ केरुङलाई समेत छनौट गरिएको छ ।

प्रतिक्रिया