झापामा सूचना मेला हुने

झापा, २७ माघ । झापामा पहिलोपल्ट सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक–२०१६’को आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघले आयोजना गर्ने सो मेला आगामी फागुन २१ देखि २५ गतेसम्म बिर्तामोडको कन्काई क्याम्पस परिसरमा हुने जानकारी दिइएको छ ।

सूचना प्रविधिमा भइरहेको विकास र भित्रिएका नौला प्रविधियुक्त उपकरणको मेलामा प्रदर्शनी हुने महासंघका केन्द्रीय सदस्य एवं मेला संयोजक दिपेश पाठकले जानकारी दिए । मेलामा फ्री वाइफाइ सुविधासहितका ७२ वटा बिक्री तथा प्रदर्शनी कक्ष रहने मेला करिब १ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको महासंघ झापाका कोषाध्यक्ष शुभ पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया