सुपरलिगको उपाधी होराइजनलाई

super legue ko upadi horaizon lae copyभैरहवा, २६ माघ । बुटवलको न्यु होराइजन क्रिकेट क्लवले भैरहवामा सम्पन्न बुम रेमीट्यान्स सुपर लिग क्रिकेटको उपाधी हात पारेको छ । गतबर्षको बिजेता खुकरीलाई गतबर्षको उपबिजेता होराईजनले बदला तिर्दै उपाधी जितेको छ । लिगका यसअघीका १८ संस्करणका उपाधी सिद्धार्थ नगर नगरपालीका भित्रका क्लवहरुमा सिमीत थियो ।

होराइजनको जितसगै रुपन्देही क्रिकेट सघंले आयोजना गर्ने लिगको उपाधी पहिलो पटक भैरहवा बाहीरको टिमले हात पा¥यो । उपाधीसगै होराईजनले नगद ३१ हजार, सिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । प्रथम पुरस्कार अमेरीका बस्दै आएका भैरहवाका क्रिकेट प्रेमी बिबेक बर्माले आफ्ना स्वर्गीय माता पिता ससिकान्त बर्मा र सकुन्तला बर्माको स्मृतीमा सौजन्य गरेका छन् । उपबिजेता खुकरीले नगद १५ हजार र प्रमाण पत्रमा चित्त बुझायो । भैरहवास्थित शिद्धार्थरगंशालामा भएको खेलमा खुकुरीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारीत ४० ओभरको खेलमा ३३.३ ओभरमा सबै विकेट गुमाउदै ८९ रनको झिनो योगफल बनायो ।

जवाफमा ९० रनको बिजयी लक्ष्य लिएर मैदान प्रवेश गरेको होराईजनले २१.४ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य पुरा ग¥यो । खुकुरीका लागि कप्तान अन्तीम थापाले ३९ रन,सविन शाक्यले २४ र बिजय सुनारले १४ रन बनाए । बलिङमा होराईजनका राहुल प्रजापतिले सर्बाधिक ४ विकेट लिए । त्यस्तै गणेश गौडेलले ३ तथा सुसान भारी र शक्ती गौचनले एक–एक विकेट लिएका थिए । होराइजनको लागी प्रकास केसीले अविजीत ३१ रन र सुसान भारीले पनि अविजीत २७ रनको योगदान दिँदा सागर पुनले १३ रन बनाए । खुकरीको बलिङमा दिपेन्द्र यादव, बिजय सुनार र एकलाख अहमदले १–१ विकेट लिएका थिए ।

खेलमा म्यान अफ दी म्याच होराईजनका राहुल प्रजापति भएको आयोजक संस्था रुपन्देही क्रिकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकरी दिए । त्यस्तै प्रतियोगीताको म्यान अफद सिरीज खुकरीका लाल बहादुर अधिकारी नगद पाच हजार पुरस्कार पाए । देवदह क्रिकेट युनिटका अर्जुन रायमाझी बेस्ट ब्याट्सम्यान चुनिए । गत पुस १९देखि सुरु भएको लिगमा १९ क्लबको सहभागीता रहेको थियो । एक कार्यक्रमका बिच बोल्दै शिद्धार्थ नगर नगरपालीका कार्यकारी अधिकृत बिष्णुदक्त गौतमले रुपन्देही क्रिकेटको उर्वर भुमी रहेको भन्दै खेल क्षेत्रको बिकासका लागी नगरपालीकाले सक्दो सहयोग गर्ने बताए । यस्तै लिगको मुख्य प्रयोजक बुम रेमीट्यान्स कम्पनीका प्रमुख धिरेन्द्र पन्तले पनि आगामी दिनमा खेलकुदलाई निरन्तर सहयोग गर्ने आस्वासन दिए ।

प्रतिक्रिया