आचार्यको शल्यक्रियाबारे टुंगो लागेन

काठमाडौं, २६ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नरहरि आचार्यको रक्तचापका कारण मस्तिष्कघात भएको चिकित्सकले जनाएका छन् । उनका उपचारका संलग्न प्राडा उपेन्द्र देवकोटाले भने, ‘रक्तचापका कारण रगतको नसा फुट्ने र रगत सञ्चालन नसा रोकावट हुने गर्दछ, नरहरिजीलाई रगत सञ्चालनको नसा फुटी रोकावट (ब्लक) भई मस्तिष्कघात भएको देखिन्छ ।’

कांग्रेस केन्द्रीय सदस्य आचार्य बिहान सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिक शरीरमा श्रद्धाञ्जली दिने क्रममा अचानक बेहोस भएका थिए । यसपछि उनलाई तत्काल उपचारका लागि बाँसवारीस्थित न्युरो अस्पतालमा पु¥याइएको थियो ।

मस्तिष्कघात हुँदा मस्तिष्कभित्र रहेको पानीको भागका ‘रगतको थेग्लो’ जमेको देखियो, यसलाई शल्यक्रिया गर्ने कि नगर्ने भन्ने कुराको यकिन चार दिनदेखि सात दिनभित्रमा मात्र जानकारी हुने प्राडा देवकोटाले सञ्चारकर्मीलाई जानकारी दिए ।

‘नरहरिजी अहिले बोल्नसक्नु हुन्न तर चेतनास्तर बिग्रेको छैन, शरीरको दाहिनेपट्टि खुट्टा कमजोर देखिएको छ’, उनले भने । प्राडा देवकोटाले चार दिनदेखि सात दिनभित्र मस्तिष्कमा जमेको रगतको थेग्लो पग्लिन्छ कि पग्लिदैन भन्ने हेरिसकेपछि शल्यक्रिया गर्ने की नगर्ने यकिन जानकारी हुने बताए ।

आचार्यको सोही अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पताल उनलाई तत्काल सिटिस्क्यानलगायत अन्य परीक्षण गरिएको थियो । रक्तचापका कारण मुटु, मस्तिष्क, मिर्गाैला र आँखाका असर पु¥याउँछ । प्राडा देवकोटाले भने, ‘हामी सबै किसिमले स्रोत र साधनले सम्पन्न छौँ, उहाँको सफल उचार हुन्छ ।’

प्रतिक्रिया