नयाँ संविधान र हिरालालको सपना

Purna copy‘अब म धनीपूर्जा पाउँछु ?’ संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको भोलिपल्ट चियाको चुस्की लाउँदै नयाँ संविधानका अन्तरवस्तुबारे बहस गरिरहेका स्थानीय गन्यमान्यहरूलाई हिरालाल विश्वकर्माले प्रश्न गरे । उनीहरूले केही बेर नसुने जस्तो गरे । प्रश्नकर्ताले उही प्रश्न बारम्बार दोह¥याएपछि उनीहरूलाई झिँजो लाग्यो । एकजनाले भन्यो, ‘पर जा, कचकच नगर् ।’

बाँसको चोयाबाट नयाँनयाँ सामग्री बुन्दै जीवनका ६४ वसन्त फटाइसकेका हिरालाल भूमिहीन नागरिक हुन् । भाग्य खोज्दै उनका बाबुले उनलाई पुख्र्यौली थलो खोटाङ जिल्लाको दोर्पाबाट ५० वर्षअघि भोजपुरको अन्नपूर्ण ल्याएका थिए । उनी अर्काको पाखाबारीमा छाप्रो हालेर बसेको उसको पुर्खाकै पालादेखि हो । जहाँ पनि अर्काकै जमिनमा छाप्रो हाल्नुपर्ने भएकोले उनको बसाइँको स्थिरता भएन । उसको बाबुको मृत्युपछि उनी अन्नपूर्ण एउटै गाविसमा तीन ठाउँमा बसाइँ सरिसकेका छन् ।

पाँच वर्ष भयो दमको व्यथाले उनको श्रीमती वर्ष दिने दूधे छोरीसहित ६ वटा छोरी छाडेर बितेको । राम्ररी हुर्किन नपाउँदै ठूला छोरीहरू भटाभट परदेश लागे, धरान विराटनगरका होटलहरूमा काम गर्न । दुइटीले उतै विवाह गरिसके । विवाह गर्ने सरकारी उमेर पुग्नुअघि नै उनीहरू आमा बने । कसैले पनि प्राथमिक तहको पढाइ छिचोल्न सकेनन् । हिरालाल पूर्ण साक्षरता घोषित गाविस अन्नपूर्णका निरक्षर व्यक्ति हुन् । उनको एउटा थाप्लो एकैसाथ तीन भारीले थिचिएको छः गरिबी, छुवाछुत र अशिक्षा ।

संविधानसभाको दोस्रो निर्वाचनपछि गठित सरकारले सुकुम्बासी समस्या समाधान आयोग बनायो । जिल्ला कार्यालयहरू खुले । जिल्लाका वास्तविक सुकुम्बासीहरूको लगत राख्ने नाममा राजनीतिक चहलपहल सुरु भयो । हिरालालले सुने, ‘सुकुम्बारीलाई सरकारले लालपूर्जासहित जग्गा दिने भा’छ ।’ गाविसको सिफारिससहित चाहिने कागजात बोकेर उनी सदरमुकाम उक्ले । सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला कार्यालयमा आपूmसँग भएका सबै कागजात बुझाए पनि । तर, आयोगलाई नै मुद्दा परेपछि सबै सकियो । उनी भए हात्ती आयो फुस्सा ।

उनले पञ्चायत, बहुदलीय प्रजातन्त्र, माओवादीको त्रासद जनक्रान्ती, लोकतन्त्र र गणतन्त्र देखे, भोगे । राजतन्त्र, गणतन्त्र, लोकतन्त्र, पहिचान, धर्मनिरपेक्ष, संघीयता, जस्ता ठुल्ठूला अर्थ बोक्ने राजनीतिक शव्दहरू सुन्नसम्म सुने तर तिनका अर्थ कहिल्यै बुझेनन्, कसैले उनलाई बुझाउनु पर्ने आवश्यकता पनि ठानेनन् । हरेक निर्वाचनमा भोट भने हाल्दै आए । कुन दलको कुन उम्मेदवारलाई उनले भोट हाले त्यो पनि थाह भएन । उनले चिनेका स्थानीय नेतालाई नै आपूmले भोट दिएको ठाने हरेक चुनावमा । जसले उनीसँग भोट माग्यो, भोटहाल्न एक ट्वाक कोदोको रक्सी र एक पिलेट मासु दिए उसैलाई उनले उम्मेदवार बुझे ।

राजनीतिक दल र तिनका धेरै नेताले धेरै खाले सपनाहरू धेरैलाई बाँडे । उनलाई सबै सपनाले छोएन । उनको एउटै मात्रै सपना, आप्mनै नामको जमिनको झुपडीमा आप्mनो नामको लालपूर्जा सिरानी हालेर मर्न पाइयोस् । नयाँ संविधान जारी भएको खबरले आप्mनै नामको जमिनमा छाप्रो हाल्ने उनको सपनालाई जागृत गराइदियो । चिने भेटेजति सबै बुद्धिजीवीहरू र उनलाई हरेक निर्वाचनमा भोट हाल्न सिकाउने स्थानीय राजनीतिक कार्यकर्तालार्ई एउटै प्रश्न सोध्छन् तर जवाफ कतैबाट पाउँदैनन् । नयाँ संविधान जारी भएको पाँच महिना बित्नलाग्दासम्म उनले संविधान भनेको के हो कुनै भेउ पाउन सकेका छैनन् । उनी आशा गर्छन्, विद्रोह गर्न सत्तैmनन् ।

सपना र आगो
नेपाली राजनीतिमा सपनाको खेती एउटा जड परम्परा हो । हरेक शासन व्यवस्था छिटोछिटो परिवर्तन भए । कुनै पनि परिवर्तन स्थिर भएनन् । राजनीतिक दलले सपना देखाउने र ती सपना साकार पार्न व्यवस्था परिवर्तन गर्न जीउज्यान दिएर जनता लाग्ने । व्यवस्था परिवर्तन भएपछि देशले सवृद्धि हासिल गर्ने र आपूm र आपूmजस्तै तल्लोस्तरका मानिसहरूको जीवनस्तर उक्सिने सपनाका साथ जनता आन्दोलनमा लाग्ने । हरेक राजनीतिक आन्दोलनमा ज्यान गुमाउनेहरूको लामो सूची बन्ने । आन्दोलन सफल भएपछि केही दिन सहिदहरूप्रति श्रद्धाञ्जलीको नाममा बनावटी आँशुका थोपा पनि चुहाइन्छ तर नेताको जीवनशैली मात्रै एकाएक उकालो लाग्छ । देशमा परनिर्भरता झन बढ्छ । तिनै नेताका तल्लोस्तरका कार्यकर्ता र सर्वसाधारण जनताको जीवनस्तर झन ओरालो लाग्ने । जनताको थाप्लोमा विदेशी ऋणको भारी बढ्दै जान्छ । यसैक्रममा एउटा श्रृंखला थपियो, नयाँ संविधान ।

संविधान जारी भएपछि प्रमुख दलका नेताहरूले भने, ‘अब देशले आर्थिक रूपमा फड्को मार्नेछ, कोही पनि नेपाली गरिब बन्नु पर्दैन, बेरोजार बस्नु पर्दैन । सबैले आत्मसम्मानका साथ बाँच्न पाउँछन् ।’ यसो त ०४६ सालमै गणेशमान सिंहले घोषणा गरेका थिए, ‘राजनीतिक क्रान्ति सकियो, आर्थिक क्रान्तिको पालो आयो ।’ त्यसपछिका २६ वर्षमा बहुदलीय व्यवस्थाका चरम विकृतिहरू, माओवादीको जनयुद्ध र राजाको प्रत्यक्ष शासन भोग्दै देश गणतन्त्रमा प्रवेश ग¥यो । संविधानसभाकै चुनाव दुईपटक भयो । तर, जसरी पनि संविधान जारी गरेरै छाड्ने १६ बुँदे सहमतिसँगै मधेसमा सल्किएको आगो निभाउनतिर होइन प्रमुख दलहरू सत्ताको अंकगणित र रसायनशास्त्रतिर लागे । मधेसको आगो राजधानीमा बसेर ताप्न थाले ।

दसैँ, तिहार, छठ, इद, उभौली, माघी, आदि नेपालमा मनाइने सबैभन्दा ठूला चाडबाडहरू एकपछि अर्को लाम लागेर आए गए । मधेस आन्दोलन आयो मात्रै गएन । अभाव र कालाबजारी सुरु भयो अन्त्य भएन । नाकाबन्दी मधेसका सिमानामा भयो दुःख पाए देशै भरिकाले । आन्दोलन र नाकाबन्दीले देशको अर्थतन्त्र जर्जर भयो । सहरमा लोडसोडिङ झन् बढ्यो । सिमानाबाट सबैथोक भित्रिएका समाचार आउँछन, ती कहाँ जान्छन् लाने र दिनेलाई मात्रै थाह हुन्छ । मधेसका दलहरूमा आन्दोलन जारी राख्ने भन्न छोडेनन् । प्रमुख दलहरू समस्या समाधान भइहाल्ने भन्न छाडेनन् ।

भूकम्पको बिर्संदो पीडालाई मधेसको आन्दोलन र नाकाबन्दीले जगाइदिएको छ । भूकम्पको भन्दा भयानक मानसिक पीडा देशवासीले भोग्नुपरेको छ । देशको तालाचाबी बोक्ने आधिकारिक दल र नेताहरू आ–आफ्नो सपना साकार पार्ने काममा जुटेका छन् । नयाँ सरकार आप्mनै अंगप्रत्यंग पूरा गर्ने काममा व्यस्त छ ।

नयाँ संविधान, नयाँ सोच
नयाँ संविधानको गर्भबाटै बिस्फोट भएको संकटग्रस्त अवस्थालाई कसैले सकारात्मक सोचका साथ भन्लान् ‘नयाँ नेपाल निर्माणको प्रसव पीडा’ । हरेक कुरामा सकारात्मक सोच राख्नु राम्रो कुरा हो । सोच मात्रै सकारात्मक भएर पुग्दो रहेनछ, घटना र व्यवहार पनि सकारात्मक हुनुपर्दो रहेछ । सहजताका साथ अगाडि बढ्न, देशको सपना पूरा गर्न । सोच सकारात्मक कि नकारात्मक भन्ने कुरा जीवन रहे मात्रै सम्भव हुँदो रहेछ । जीवन नै संकटमा परेपछि सोच गौण बन्दो रहेछ । सबैको ध्याय आप्mनो जीवन बचाउन मै केन्द्रित हुँदो रहेछ ।

राणाशासन वा त्यसअगाडिको त कुरै छाडाँै नेपालमा राणाकालको अन्त्यसँगै नेपाली समाजमा नकारात्मक राजनीतिक प्रवृत्ति भित्रियो जो गहिरो जरा गाडेर जाकियो । लोकतान्त्रिक विधिबाट निर्वाचित कुनै पनि बहुमत प्राप्त दलले पूरा अवधि काम गर्न पाएन । बहुमतको मात चडि हाल्ने । एकपटकको चुनावी परिणामले पछिपरेकाहरू अर्को नियमित निर्वाचनसम्म धैर्य गर्ने साहस कहिल्यै आएन । जित्नेहरू जीतको मातले लड्खडिने, हार्नेहरू घाइते जनावर जस्तो छ्पटिने । आन्दोलन र विध्वंसमा लाग्नै पर्ने । जीवनलाई विजय पराजयको अनवरत श्रंखलाको रूपमा सिद्धान्तमा भरमार व्याख्या गर्ने, त्यही व्यक्ति पराजयलाई नस्वीकार्ने । जसरी पनि जित्नुपर्ने तर कहिल्यै जित्न नसक्ने । जसको परिणाम देशले भोग्नुपरेको छ । देश त अमूर्त चिज हो, देशका मानिसले भोग्नुपरेको छ ।

यदि अहिलेको संकट उत्कर्ष हो भने नेपाली जनताले अभैm पनि धैरताका साथ सामना गर्नै पर्छ । यदि सुरुआत मात्रै हो भने अवस्था गम्भीर बन्नेछ । नेतृत्वले वर्तमान संकट समाधान गर्ने विवेक र साहस पु¥यायो भने यही अवस्था उत्कर्षको रूपमा रहनेछ । यदि त्यसो भएन भने अहिलेको संकट सुरुआत मात्रै हुनेछ । उत्कर्ष भनेको फर्किने सुरुआत हो, त्यहाँबाट बढ्नसक्ने सम्भावनाको अन्त्य हो । नेतृत्वको विवेक र साहस पुगेन भने अहिले देश र जनताले जतिसुकै संकटपूर्ण अवस्था भोग्नु परे पनि त्यो सुरुआत मात्रै हुने छ । नेपाल पनि मध्यपूर्व जस्तो अविछिन्न राजनीतिक संकटको भूमरीमा फस्नेछ ।

डढेलो लाग्न एउटा सानो झिल्को प्रयाप्त हुन्छ । संसारका कुनै पनि ठुल्ठूला संहारहरू सानो घटनाबाट सुरु भएको पाइन्छ । आन्तरिक द्वन्द्वलाई व्यवस्थित गर्ने तागत नेतृत्वले गुमाउँदा देशहरू छिन्नभिन्न भएका छन् । कतिपय मुलुकहरू शरणार्थी उत्पादन गर्ने कारखाना भएका छन् । नयाँ संविधानले देश र जनताको जीवनलाई साँच्चिकै सकारात्मक प्रभाव पार्नुपर्छ न कि लाखौँ हिरालालहरूलाई निराश पार्ने । पहिलो गाँसमा ढुंगा प¥यो भन्दैमा भातै ढुंगाको भन्न मिल्दैन ।

प्रतिक्रिया