सात करोडबढी राजस्व संकलन

उदयपुर, २४ माघ । बन्द, हड्ताल र नाकाबन्दीको चपेटामा भएपनि आन्तरिक राजस्व करदाता सेवा कार्यालय उदयपुरले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । सो कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सात करोड ८१ लाख ३५ हजार तीनसय  सय ५६ रुपैयाँ ७१ पैसा राजस्व संकलन गरेको जनाएको छ ।

सेवा कार्यालय उदयपुरका कर अधिकृत रमानाथ दाहालका अनुसार चालु आर्थिक वर्ष ०७२÷०७३ मा दुई २ करोड ८१ लाख ६७ हजार दुईसय ६३ रुपैयाँ १६ पैसा आयकर शिर्षकमा, घर बहाल करमा ४२ लाख ५१ हजार पाँचसय नौं रुपैया ३० पैसा, यस्तै करको ब्याज मात्रै ३३ लाख २० हजार दुईसय ४० रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी स्वास्थ्य सेवा करमा एक लाख ५४ हजार एकसय ९३ रुपैया, शिक्षा सेवा शुल्कमा नौलाख ८० हजार तीनसय १४ रुपैया आठ पैसा राजस्व जम्मा भएको पनि अधिकृत दाहालले जानकारी दिए ।

तराई बन्द र इन्धन अभावले यातयातमा समस्या भएपछि सिरहा, सप्तरी, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका करदाताहरु उदयपुरमै आएर कर बुझाएकाले पनि उदयपुरमा धेरै राजस्व संकलन भएको हो । उदयपुरभन्दा बाहिरका जिल्लाहरुबाट करिव एक करोड बराबरको कर दाखिला भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया