१२औ दक्षिण एसियाली खेलकुद

Devi kumari and bikash thapa (5) copyकाठमाडौं २४ माघ । भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग)अन्र्तगत शनिबार भारत्तोलनमा नेपालका विकास थापाले रजत पदक जितेका छन् । विकासले ६२ केजी तौल समूहमा रजत पदक जितेका हुन् । विकासले आफ्नो तौल समूहमा क्लिन एण्ड जर्कमा १३० र स्न्याचमा ११२ केजी गरी कुल २४२ केजी उचालेका थिए । त्यससँगै उनले नेपाललाई रजत पदक दिलाएका हुन् ।

दक्षिण एसियाली खेलकुदको भारोत्तोलनमा पहिलो पटक नेपाली महिला खेलाडीले पदक जितेकी छन् । भारतको गुहावटीमा भएको १२ औं दक्षिण एशियाली खेलकुद (साग) मा देवी चौधरीले पहिलो पटक महिलातर्फबाट भारोत्तलनमा पदक दिलाइन् । उनले नेपाललाई पहिलो पदकको रूपमा कास्य दिलाएकी छिन् । प्रतियोगीताको दोस्रो दिन भारोत्तोलनको ५३ केजीतर्फ चौधरीले पदक हात परेकी हुन् ।

भोगेश्वरी फुकानानी इन्डोर स्टेडीयममा उनीले स्न्याचतर्फ ५४ र क्लिन एण्ड जर्कतर्फ ७५ केजी भार उठाएकी थिइन् । ३१ वर्षीया देवीले चौधरीले स्नाचमा कूल एक सय २९ केजी भार वहन गरेकी थिइन् । उनी नेपालको विभागीय टोली नेपाल पुलिस क्लवमा आवद्ध छन् । सो स्पर्धामा भारतकी हर्षदिप कौरले स्वर्ण जितिन् । श्रीलंकाकी चमारी मेण्डिस रजत पदक हात पार्न सफल रहिन । देवीले पाकिस्तान र बंगलादेशकी खेलाडीलाई पछाडि पारेकी थिइन् ।

भारोत्तोलनको पुरुष ५६ किलो तौल समूहमा नेपालका प्रकास केसी पाचौ स्थानमा सिमित भएका छन् । भारतका गुरुराजा स्न्याचमा १०४ तथा क्लीन एन्ड जर्कमा १३७ गरी कुल २४१ किलो भार उठाउँदै पहिलो भए । यसैगरी, श्रीलंकाका चतुरंगा लक्माल जयसुर्या स्न्याचमा १११ किलो उठाए पनि क्लीन एन्ड जर्कमा १२८ किलो उठाउदै कुल २३९ वजन भार बहन गरेर रजतमा सिमित भए । पाकिस्तानका अब्दुल्ला गल्फर स्न्याचमा ९२ तथा क्लीन एन्ड जर्कमा १२५ सहित कुल २२७ केजी भार बहन गर्दै तेस्रो भए । प्रकासले स्न्याचमा ९० तथा क्लीन एन्ड जर्कमा १०८ गरी कुल १९८ केजी भार उठाए ।

sab_logo copyसिलोङमा दोस्रो दिन उद्घाटन

सिलोङमा १२ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घघाटन समारोह दोस्रो दिन भएको छ । सिलोङमा मेघालय राज्यका मुख्य मन्त्री मुलुङ सङमाले उद्घाटन गरे । तेक्वान्दोकी आयशा शाक्यले उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झन्डा बोकिन । नेपालबाट २३ खेलमा तीन सय ८४ खेलाडीले सहभागिता जनाउने छन् । सिलोङमा ७ खेल सिलोङमा हुनेछ ।

पौडीको मिश्रीत खेल प्रदर्शन

पौडीमा सोफिया शाह र गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । दुबैले हिट्समा कीर्तिमान रच्दै फाइनल चरणमा ठाउँ बनाए । सोफियाले २ सय मिटर फ्रिस्टाइलमा १ मिनेट १३ दशमलव १८ सेकेन्डसहित गौरिकाले बनाएको कीर्तिमान तोडेकी हुन् । १३ वर्षीया गौरिकाले १ सय मिटर बटरफ्लाईमा आफ्नै कीर्तिमानमा सुधार गरिन् । उनले १ मिनेट १० दशमलवश ९४ सेकेन्डको समय निकालिन् । पुरुषतर्फ शिरिष गुरुङ २ सय मिटर फ्रिस्टाइलमा २ मिनेट ९ दशमलव ९२ सेकेन्डको समयका साथ फाइनल चरणमा पुगेका थिए । पौडीमा कुल ३८ स्वर्णपदक रहेको छ । गौरिकाले १३, शिरिषले १२ र सोफियाले ८ स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् ।

साइक्लीङमा खराब प्रदर्शन

साइक्लीङकै पुरुषको ४० किलो मिटर ब्यक्तिगत टाइमट्राइलमा नेपालका नारायण गोपाल मर्हजन नवौ भए । उक्त स्पर्धामा भारतका अरबिन्द पनवार पहिलो भए । भारतकै मन्जित सिंह दोस्रो तथा श्रीलंकाका जनथा हेमन्त कुमारा तेस्रो भए । नेपालका नारायण गोपाल नवौ तथा अजय पण्डित १० औँ भए ।

भारतकी टि विजया लक्ष्मीले १२ औ दक्षिण एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेकी छिन् । उनले ३० किलो मिटर टाइमट्रायलमा ४९ मिनेट २४ सेकेन्ड समयमा दुरी पुरा गर्दै पहिलो भएकी हु्न् ।

सो स्पर्धामा भारतले नै रजत पदक पाएको छ । भारतकी चाओवादेवीले ४९ मिनेट ३१ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक जितिन् । सो स्पर्धामा नेपालकी लक्ष्मी मगर सातौ स्थानमा रहिन् । उनले १ घन्टा ३ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरिन् । नेपालकी अर्की खेलाडी पुष्पा कुमारी भण्डारीले १ घन्टा ३ मिनेट ३५ सेकेन्डमा दुरी पुरा गरिन् ।
भलिबलमा सेमिफाइनल प्रवेश

भारतको गुवाहटीमा भइरहेको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाल शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल अफ्गानिस्तानबाट वाक ओभर पाउदै समूह ‘क’ को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । अघिल्लो दिन नेपाल श्रीलंकासंग ३–० ले पराजित भएको थियो । उक्त समूहमा पुरुषमा समूह ‘ए’ को लिग खेलमा भारतले नेपाललाई ३–० ले हरायो । नेपाल २५–१५, २५–१६ र २५–१५ ले चुक्यो । नेपाल रहेको समूहमा श्रीलंका र पाकिस्तान छन् ।

कुस्तीमा सरोजलाई काँस्य
सागअन्तर्गत कुस्तीमा नेपालले कास्य पदक हात पारेको छ । पुरुषतर्फ कुस्तीको ६५ केजीमा नेपालका सरोज यादवले काँस्य जिते ।

प्रतिक्रिया