‘रिल र रियल’मा फरक ऋचा

काठमाडौं, २१ माघ । नेपाली कथानक चलचित्र ‘को आफ्नो’ आगामी पाmगुन ७ गते देखि रिलिज हुने पक्कापक्कि भएको छ । फिल्म रिलिज हुने चर्चा सँगै यतिखेर उक्त फिल्मकी नायिका ऋचा शर्माको समेत उत्तिकै चर्चा भइरहेको छ ।

रियलमा

richa-sharma-bikini copy

 

चलचित्र ‘को आफ्नो’मा शर्मा एउटा प्रताडित नारीको भूमिकामा रहेकीछिन, जसको अनुहारमा दाग नै दाग छ । ऋचाको यो क्यारेक्टरलाई लिएर अहिले राम्रै प्रशंसा भैरहेको छ । तर चर्चा भने यसलाई भन्दा बढी ऋचाले प्रस्तुत गरेको विकिनी सुटलाई लिइएको छ । पर्दामा आफूलाई फरक ढंगले ढाल्ने गरेकी यी नायिकाले भर्खरै एक म्यागेजिनका लागि फोटोसुट गराएकी छिन् । ‘टीएनएम’ म्यागेजिनका लागि ऋचाले गराएको फोटोसुट हेर्दा लाग्छ, उनी हटर्गलका रूपमा निस्केकी छन् । यो हेर्दा ‘को आफ्नो’की नायिका भन्नै नसकिनै दर्शकहरूले बताएका छन् ।

नायिका शर्माको हट रूप यो म्यागेजिनको कभरमा देख्न सकिन्छ । म्यागेजिनको कभरमा देखिएको ऋचाको तस्बिर हट छ । उनै ऋचाले खिचाएको एक तस्बिरमा उनी चुरोट तान्दैछिन् त एक तस्बिरमा उनी विकिनी अवतारमा छिन् । आफ्नो विकिनी शरीरलाई उनले आधा मात्र लामो कोर्टले छोपेकी छिन् ।

रिलमा

r0l2sctb copy

चलचित्रको पर्दामा ऋचाले भूमिकामा पक्कै पनि केही फरकपन ल्याएकी हुन् । उनलाई दर्शक नायिका भन्दा पात्रको रूपमा बढी चिन्छन् । उनै ऋचाको यो हट अवतारले धेरैको ध्यान खिचेको छ ।

प्रतिक्रिया