तीन माओवादीका विद्यार्थी संगठन आन्दोलनमा

काठमाडौं । तीन माओवादीका बिद्यार्थी संगठन कार्यगत एकता गर्दै आन्दोलनमा उत्रिएका छन् । तीन माओवादी पार्टीबीच एकताको चर्चा चलिरहेका बेला बिद्यार्थी संगठनहरूले शैक्षिक र जनजीविकाका सवाल उठाउदै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् ।

एमाओवादी, वैद्य माओवादी र विप्लव माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्षहरूले मंगलबार संयुक्त बिज्ञप्ति निकाल्दै पेट्रोलियम पदार्थको अभाव, संस्थागत बन्दै गइरहेको कालोबजारी तथा तस्करी नियन्त्रण गर्न सरकारलाई दवाव दिने उद्देश्यले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । आन्दोलनका कार्यक्रमहरूमा आपूर्तिमन्त्रीलाई ज्ञापनपत्रसहित ध्यानाकर्षण गराउने, नेपाल आयल निगमको केन्द्रीय कार्यलयमा प्रदर्शनसहित धर्ना पेट्रोलियम पदार्थको मूल्यमा भएको समायोजनसंगै यातायातको भाडादरमा पनि समायोजन गर्न दवाव दिन भौतिक योजना तथा यातायात मन्त्रालयमा डेलिगेसनसहित ज्ञापनपत्र बुझाउनेलगायत रहेको छ ।

त्यस्तै संयुक्त विज्ञप्तिमा माओवादी सम्बद्ध विद्यार्थीले काठमाडौं–तराई प्रदेश जोड्ने फास्ट ट्रयाकको निर्माण जिम्मा बदनाम भारतीय कम्पनीलाई दिने सरकारी निर्णयको विरोध पनि गरेको छ । विज्ञप्तिमा एमाओवादी सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल, वैद्य माओवादीका रत्न ढकाल र विप्लव माओवादीका पूर्णबहादुृर सिंहको हस्ताक्षर छ । (सौस)

प्रतिक्रिया