वन कार्यालयको लापरबाहीले काठ कुहियो

sf7 cnkq lhNnf jg sfof{no sf7df8f}Fsf] nfk/jfxL sf/0f uf]s0f{df cnkq ag]sf] rf/ xhf/ #)) So'lkm6 sf7 . tl:a/ M k"0f{k|;fb ld>, /f;;

काठमाडौं, १८ माघ । जिल्ला वन कार्यालय काठमाडौंको लापरबाहीका कारण ४ हजार ३ सय क्युफिट काठ कुहिएर अलपत्र अवस्थामा रहेको पाइएको छ । उपत्यकामा इन्धनको अभावले खाना बनाउन समस्या भएका बेला वनकार्यालयमा भएको काठ भने खेर जान लागेको हो ।

मन्त्रिपरिषद्को ०६४ जेठ ११ गतेको निर्णय बमोजिम गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा राणा शासनदेखि हालसम्म स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदका नाममा राष्ट्रिय सहिद स्मारक निर्माण हुने सुरु भएको थियो । निर्माण कार्य सुरु भएपछि निर्माणस्थलमा परेका ४ सय ४५ रुख मन्त्रिपरिषद्को ०६९ वैशाख ४ गतेको निर्णयअनुसार काटिएको थियो ।

मन्त्रिपरिषद्ले काटिएका रुखको लिलाम गरी राजस्व दाखिला गर्ने जिम्मेवारी जिल्ला वन कार्यालय काठमाडौंलाई दिएको थियो । कार्यालयले सामुदायिक वनबाट काटिएका काठ लिलाम बिक्री गर्ने प्रक्रिया सुरु गरे पनि पछि एक्कासी रोकिएको स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए । लिलाम प्रक्रिया रोकिएर इलाका रेन्जपोस्ट कार्यालय गोकर्णमा काठको थुप्रो राखिदा समस्या आएको कर्मचारीको गुनासो छ ।

सिग्देल भने, ‘मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालयले काठ बिक्रीको जिम्मेवारी सामुदायिक वनलाई नै दिने निर्णय गरी वन मन्त्रालयमा सिफारिस गरेको थियो, तर मन्त्रालयले यस विषयमा केही निर्णय नगरेपछि काठ अलपत्र बनेको छ, वन ऐन एवं नियमावलीमा भएको प्रावधानअनुसार काठ सामुदायिक वनलाई नै दिइनुपर्ने माग गरेका थियौँ ।’

वन कार्यालयको लापरबाहीले १५ लाख रुपैयाँ राजस्व गुमेको रेन्जपोस्ट कार्यालयका कर्मचारीकै गुनासो छ । वन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्य वन विभागले यससम्बन्धी प्रस्ताव मन्त्रालयमा नल्याएकाले अघि बढ्न नसकिएको बताए ।

प्रतिक्रिया