साहित्य मेलाको दोस्रो दिन लाइभ

काठमाडौं । शुक्रबारबाट पोखरामा सुरु भएको ‘नेपाल लिटरेचर फेस्टिभल’को दोस्रो दिन शनिबार कला÷साहित्य÷राजनीतिका विविध आयाममाथि बहस भएको छ ।

बिहान ११ बजेबाट सुरु भएको बहसको पहिलो सत्रमा ‘कसरी बनाउने नेपाल’ शीर्षकमा रविन्द्र अधिकारी, रविन्द्र मिश्र र स्वर्णिम वाग्लेले बृहत् छलफल गरेका थिए । त्यस्तै दोस्रो सत्रमा ‘नेपाली कालजयी कृति’ माथि शारदा शर्मा, नयनराज पाण्डे, मनु मञ्जिल र प्रविण अधिकारीले एकआपसमा छलफल गरेका थिए ।

महोत्सवको दोस्रो दिनभर ‘नलेखिएका कथा’ माथि उपेन्द्र सुब्बा, श्याम शाह, सीमा आभाष र संगीत स्रोता, ‘राइटिङ काठमाडौं इन्डल्गेन्स अर नेक्सेसिटी’ माथि रवि थापाले बहस गरेका थिए ।

यस्तै ‘संविधान र पहिचान’माथि दिनेश प्रसाईं, ‘टेलिभिजनदेखि पुस्तकसम्म’माथि विजयकुमार र अनुप बरालको संवाद, ‘रोमान्सिङ द योङ रिडर्स’माथि शिवानी न्यौपाने र भारतीय लेखिका इरा त्रिवेदी, ‘पोखरेली साहित्यको प्रभाव’माथि तीर्थ श्रेष्ठ, सरस्वती प्रतिक्षा, दुर्गा बराल र शेखर पराजुली र अन्तिममा कर्णदास, विवेक श्रेष्ठ र नारायण अमृतबीच ‘आफ्नै गाउँ फर्की आएँ’ विषयमा छलफल तथा बहस भएको थियो । महोत्सव सोमबारसम्म चल्नेछ । (सौस)

प्रतिक्रिया