लघुकथा

sharan kumar rai copy“….सम्पुर्ण दुखको मुहान आँखा हो । यसलाइ चिम्म पारेर केहिबेर मोक्ष अनुभव गर्नुभन्दा आँखालाई फुटाइ नै दियो भने सधैका लागि मोक्ष प्राप्त हुन्छ । हो कि हैन ? ‘नेता आफ्ना पिछलग्गु कार्यकर्ता र जनतालाइ सोध्छ ।

‘हो, हो ।’ भिजिलान्तेहरू कराउँछन ।

‘हो, हो ।’ एकोहोरिएका पिछलग्गु र जनताहरू पनि कराउँछन् । हो आँखाले देखेर त लोभलालच पलाउँछ । प्राप्तिको इच्छा जाग्छ र प्राप्त गर्न नसक्ता दुःख जन्मन्छ । आँखै नभएपछी दुःख संभवतः समाप्त हुन्छ भन्ने सोचेर पिछलग्गु कार्यकर्ता र जनता आफ्नो आँखा फुटाउन राजी हुन्छन् ।

उनीहरूका आँखा निर्दयतापूर्वक फुटाइन्छ । आँखा गुमेसकेपछि पो आँखाको महत्व उनीहरूलाइ थाहा हुन्छ । आँखा त राम्रो नराम्रो, सुख दुःख, शाषण अन्याय, प्रेम, घृणा, सत्य असत्य, विविध रङ, रमाइलो संसार आदि छुट्याउने चेतना पो रहेछ ।

‘फुटाइसकेको आँखा फेरि बन्न सक्तैन । म तिमीहरूलाई मानिसहरूका भिड हुने ठाउँहरू, दोबाटो, बसपार्क, हटिया, मेला, रेल स्टेसन, आदि स्थानहरूमा पु¥याउँछु र भिख माग्नु । भिखबाट उठेको सबै रकम मेरो हुनेछ । भिख मागेर कमाइन्जेल म तिमीहरूलाई दया गरेर आधा पेट खान दिरहनेछु ।’

नेता अट्ठाहस गर्छ । नेताको लहैलहैमा लागेर अन्धा भइसकेका जनता , पिछलग्गु, कार्यकर्ता नेताका निजी सम्पत्तिी भइसकेका हुन्छन् । र विवश उनीहरू पूर्णतया नेतामाथि आश्रित हुन्छन् ।

प्रतिक्रिया