नीता र आमेषको चुम्बन

nita-and-aameshकाठमाडौं । निर्देशक दिनेश डिसीको प्रतिक्षित चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ ।

रियल लाइफ जोडी अभिनेत्री नीता ढुंगाना र अभिनेता आमेष भण्डारीको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलरमा माया, प्रेम र तड्पनको कथा देखाइएको छ । आमेष र नीताले चलचित्रको पर्दामा कलात्मक चुम्बन गरेका छन् । ट्रेलरमा यी दुईको चुम्बनलाई बढी केन्द्रित गरिएको छ । ट्रेलर हेर्दा नायिका नीता ढुंगाना दोहोरो भूमिकामा रहेको स्पष्ट थाहा हुन्छ ।

अमिर अलीको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई दिनेश डिसीले पहिलोपटक निर्माण गरेको फिल्मलाई लिएर निर्देशक डिसी अहिले उत्साहित पनि छन् । चलचित्रलाई प्रचारप्रसारलाई तीव्रता दिँदै अब आफूले दर्शकसम्म पुग्ने योजना बनाएको निर्देशक डिसीले बताए । उनले माया र प्रेमले भरिएको आफ्नो चलचित्र हरेक कोणबाट उत्कृष्ट रहेको बताए । फिल्म फागुन २१ गतेबाट प्रदर्शनमा आउँदै छ । (सौस)

प्रतिक्रिया