पेट्रोलियम सहज बनाऊ

मधेसमा भएको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण असहज भएको पेट्रोलियम पदार्थलगायतका सामग्रीको आपूर्ति अहिले सहज भइसकेको छ । वीरगञ्जबाहेकका नाकाबाट पहिलेभन्दा दोब्बर आपूर्ति भइरहेका ती क्षेत्रका भन्सार कार्यालयका तथ्यांकले देखाएको छ । राजधानीमा पेट्रोलियम आपूर्ति गर्ने मुख्य भण्डारण केन्द्र थानकोटमा तेल भरिएर ट्यांकरहरू तेल खन्याउन लाइनमा बसेका दृश्य देखिएको छ । तर, बजारमा पेट्रोलियमको अभाव पहिलेभन्दा कम भएको छैन । कालोबजारी घटेको छैन । आमउपभोक्ता तिनै कालोबजारीयास“ग पेट्रोल, डिजेल किन्न बाध्य छन् । सरकार नाकाबन्दी केही दिन खुल्छ भनेर जनतालाई भाषण सुनाउन व्यस्त छ । कालोबजारी गर्नेले सरकार चलाएको वा सरकार स्वयं कालोबजारी गर्दैछ भन्ने स्थिति देखिएको छ ।

पेट्रोलियमको एक मात्र आपूर्तिकर्ता नेपाल आयल निगम वीरगञ्ज नाका सहज नभएसम्म वितरण सहज गर्न नसकिने बताउ“छ । वीरगञ्जको भारतीय नाका रक्सौलबाट पनि भारतले तेल दिन थालेको समाचार छ । त्यहा“बाट दिइएको तेल रि–रूट गरेर सुनौलीबाट ल्याइएको श्रोतको दाबी छ । यस्तोमा बजारमा तेलको हाहाकार बनाइराख्नुमा एक मात्र कालोबजारीको हात रहेको स्वतः सिद्ध हुन्छ । अहिले खुल्ला भएका नाका फेरी बन्द हुन सक्ने आ“कलनले वितरण सहज नबनाइएको भनौ“ भने संविधान संशोधनलाई भारतले सकारात्मक कदम भनिसकेको र आन्दोलनरत् मधेसी मोर्चाले पनि नाकामा धर्ना दिने कार्यक्रम फेरबदल हुने संकेत गरेका छन् । यस्तोमा नाकाहरू फेरि बन्द हुने कुनै लक्षण देखि“दैन । मधेसी मोर्चाका मागका बारे सरकारले वार्ताका माध्यमबाट समाधान खोज्नुपर्ने हुन्छ । तर, सरकार र मोर्चा दुवै वार्ताप्रति उदासिन भएकाले पनि यी दुवै पक्ष कालोबजारीयाबाट सञ्चालित वा त्यसबाट लाभ लिइरहेका छन् भन्न सकिन्छ । अहिले मधेसी मोर्चाको आन्दोलनमा खास जनसहभागिता छैन । थोरै कार्यकर्ता उग्र हरकत गर्छन सरकार ताकेरै गोली चलाउ“छ र हुन लागेको सहमति भा“डिन्छ । अभाव उस्ताको उस्तै हुन्छ । यस्तो स्थिति दोहोरिएको धेरैपटक भइसकेको छ । सरकार कुटेजस्तो गर्छ मोर्चा रोएजस्तो गर्छ मारमा नेपाली जनता परिरहेका छन् । यस्तो लुकामारीको नाटक अब धेरै दिन चल्नेवाला छैन । सहमति भइहालेमा तेल तस्करको धन्दा नचल्ने र सरकारले पनि अभावका नाममा कालोबजारिया पोस्ने खेल अब जनताले बुझन् थालिसकेका छन् ।

राजधानीका जनता अब हायलकायल भइसकेकाले कुनै पनि बेला सडकमा उत्रने अवस्थामा पुगेका छन् । त्यो बेला सरकार र आन्दोलनका आडमा भएको तस्करीको धन्दाको पर्दाफास हुनेछ । त्यसैले बेलैमा विचार पु¥याएर पेट्रोलियम पदार्थको वितरण सहज बनाउनु आवश्यक छ ।

प्रतिक्रिया