रक्सौल जान प्रवेश पास

Untitled-1 copyवीरगन्ज, १२ माघ । भारतले गत सोमबार देखि नेपाली नम्बर प्लेटको मोटरसाइकल सहितका सवारी सधानको रक्सौल प्रवेशमा प्रवेश अनुमतिको नियम लागु गरेको छ । भारतले प्रवेश पासको नियम ल्याएपछि नेपालीहरुलाइ कठिनाइ भएको छ ।

‘सदियौं देखि रक्सौल जान पास चाहिन्थेन तर अहिले पासको नियम लगाइदिएपछि नभएको झमेला खेप्नु परेको छ’ , वीरगन्ज घडीअर्वाका सन्तोष साहले भने ,‘ अब त नाका नै सिल गरिदिन थालेको छ , भारतको चरित्र बुझीनसक्नु छ ।’

भारतले मंगलबार दिउसो अचानक रक्सौल नाका सिल गरेको छ । भारतले पूर्वसूचना बिना मङगलवार दिउँसो तीन बजे देखि साँझ साढे पाँच बजे सम्म रक्सौल नाका सिल गरेको हो । रक्सौल भन्सार कार्यालय नजिकै रहेको फलामे ढाट (बेरियर) भारतीय प्रहरीले मंङगलवार दिउसो तीन बजे देखि झारेर नाका सिल गरेका हुन् ।

साँझ पाँच बजे भने भारतीय प्रहरी आफैले ढाट हटाएपछि नाका सुचारु भएको थियो । बिना जानकारी भारतले एक्कासी नाका सिल गरे पछि रक्सौल वीरगन्ज ओहोर दोहोर गर्ने नेपाली यात्रुहरुलाइ सास्ती भएको थियो । ढाट खसाएर नाका सिल गरेपछि भारतीय बर्दिधारी प्रहरीले वीरगन्ज तर्फबाट मोटरसाइकल र साइकलमा सवार भएर रक्सौल जान लागेका नेपालीलाई छिर्न दिएनन् । पैदल यात्रुहरुलाइ पनि भारतीय प्रहरीले रक्सौल छिर्न अवरोध गरेका थिए ।

नाका सिल गरेर भारतीय प्रहरीले रक्सौल छिर्न नदिएपछि दशगजा क्षेत्रको मितेरी पुलमा नेपाली नम्बर प्लेटका मोटरसाइकल र यात्रुहरु अलपत्र परेका थिए । नाका सिल भएको एक घण्टापछि वीरगन्जबाट फर्कन लागेका भारतीय नम्बर प्लेटका मोटरसाइकल र भारतीय यात्रुहरुलाइ रक्सौल छिर्न दिएपनि भारतीय प्रहरीले नेपाली नम्बर प्लेटका मोटरसाइकल र यात्रुहरुलाइ भने नाकामै रोकिदिएका थिए ।

भारतीय प्रहरीले नाका सिल गरे पछि रक्सौलबाट वीरगन्ज फर्किन लागेका नेपाली मोटरसाइकल चालक र यात्रुहरु पनि सीमा पारि रक्सौल मै अलपत्र रोकिएका थिए ।

यात्रुहरुले ‘नाका किन सिल गरेको ?’ भनेर सोध्दा उपरका आदेश है (माथिको आदेश हो )भनेर भारतीय पुलिसले जवाफ दिएका थिए । सोमवारदेखि प्रवेश पासको नियम लगाएकामा मंगलवार अचानक नाका नै सिल गरिदिएपछि रक्सौल जान चाहने नेपालीहरुलाइ झन सास्ती भएको थियो । नेपाली यात्रुहरुलाइ रक्सौल छिर्न नदिएका भारतीय प्रहरीले नाका सिल गर्नुको कारण बारे कुनै प्रतिक्रिया दिन मानेनन् ।

यता नेपाली भूमी तर्फको दशगजा क्षेत्रमा टेण्ट हालेर धर्नामा बसेका मधेसी दलका कार्यकर्ताहरुले पनि भारतीय प्रहरीले अचानक भारत तर्फको नाका सिल गरेको बताए । धर्नामा बसेका तमलोपाका नेता रमतुल्लाह खाँले भने , ‘ एक्कासी भारतीय पुलिसले नाका सिल गरिदियो , हामी पनि आश्चर्यमा प¥यौ । भारतीय प्रहरीले नाका सिल गर्नुको कारण आफुलाइ पनि थाहा नभएको उनले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पनि रक्सौलमा भारतीय पक्षले अचानक ढाट राखेर नाका ठप्प पारेको बताए । ढाट राखेर केहि घण्टा नाका ठप्प पारेको खबर मलाइ पनि आयो , उनले भने ,‘तर उनिहरुले किन गरे त्यो मलाइ पनि थाहा छैन ।

प्रतिक्रिया