रंगमञ्चमा ‘बट्टारे’को फड्को

sandehs_02 copyकाठमाडौं, ११ माघ । ‘बट्टारे कान्छा’ उर्पm सन्देश लामिछाने हाँस्यकलामा परिचित नाम हो । उनको परिचय यतिमा मात्र सकिएको छैन, कलालाई जीवन्त उतार्न पाइने रंगमञ्चमा पनि सुनिने नाम पनि बनेको छ– ‘बट्टारे कान्छा’ । त्यसो त सानैदेखिको कलाक्षेत्रमा जम्ने भूत चढेका लामिछानेसँग अहिलेको अवस्थासम्म आइपुग्न धेरै संघर्ष गर्नु परेको अनुभव ताजै छ ।

९÷१० वर्षको उमेरदेखि नै कलाक्षेत्रमा होमिएका बट्टारेको चर्चा भर्खरै मञ्चन सकिएको ‘कथा एक्सप्रेस’ बाट झनै चुलिएको हो । यसअघि उनले मण्डला नाटक घरमै करिव ६ महिनाको प्रशिक्षणपछि ‘जार’ नामको नाटकमा आफ्नो क्षमता देखाएका थिए । ४÷५ कक्षा पढ्दा गाउँमै मञ्चन भएको सडक नाटकका कलाकार क्षितिज थापामगरको नाट्य अभिनयबाट प्रभावित भएर नै रंगमञ्चमा पाइला चाल्ने हौसला मिलेको सन्देश बताउँछन् । कलाक्षेत्रमै जम्नका लागि आपूmभन्दा सानालाई समेटेर गाउँमै बाल क्लब गठन गरेर सडकनाटकमार्पmत रंगमञ्च कलालाई बचाउने प्रयास समेत गरे, सन्देशले ।

सन्देशको पहिलो नाटक ‘कुलतले लिन्छ ज्यान’ भन्ने हो । पहिलो नाटकबाटै सबैको स्याबासी पाएका उनले रामशरण महतले काँधमा धाप मारेको कहिल्यै नबिर्सने बताए । सोही नाटक जिल्लास्तरमा देखाउँदा उनले सबैको स्याबासी पनि पाएका थिए ।

परिवारबाट समेत कलाकारितामा लाग्ने प्रेरणा मिलेका २५ वर्षीय बट्टारेले काठमाडौं आएर केसम्म गरेनन् । टेलिकमको १९७ नम्बरमा कल गरेर पनि कलाकारहरूको नम्बर माग्ने कोसिस गरे । १९७ बाट व्यक्तिगत नम्बर नपाइने तर संस्थाको नम्बर पाइने भनेर जवाफ पाएपछि अर्काे दिन कुनै अर्कै स्वरमा कुनै कार्यक्रमका लागि कलाकारको नम्बर माग्दा दमन रुपाखेती, जितु नेपाल र दीपकराज गिरीको नम्बर पाएको तर आपूmलाई मनपर्ने प्रिय कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ र सिताराम कट्टेल ‘धुर्मुस’ को नम्बर पाउन नसकेकोमा भने साह्रै दुःख लाग्यो सम्झँदै उनले भने, तैपनि हरेस खाइनँ, अन्ततः उनीहरूको नम्बर पाउन सफल भएँ ।’

‘११÷१२ कक्षा पढ्दा पहिलोपटक त्यतिबेलाको चर्चित हाँस्यशृंखला ‘तीतो सत्य’मा मौका पाउँदा संसारै जितेजस्तो अनुभव गरेँ,’ ती दिनलाई सम्झँदै उनी भन्छन्, ‘पहिलोपटक क्यामेरा फेस गरेको र ‘तीतो सत्य’जस्तो हाँस्य सिरियलमा मौका पाएको कुरा सबै साथीभाइलाई सुनाएर ‘तीतो सत्य’ आउने दिन सबैसँग बसेर हेर्दा अनुहार नआए पनि चप्पल मात्रै देख्दा पनि संसारै जितेजस्तो अनुभव गरँे ।’

sandesh_1 copyसन्देशले कलाक्षेत्रमै जम्ने उद्देश्य भएकाले कलाकारिता सिक्न थुप्रै संस्थाहरूमा धाए । तीमध्ये धेरैले उनीसँग पैसा खाएर भागे । यसरी पैसा फसाएपछि कलेजमा फिस तिर्ने बेला प्रिन्सिपललाई आफ्नो ब्थयासुनाएपछि सबै शुल्क मिनाहा भदएको घट्ना पनि उनले सुनाए । तितो सत्यको केही भागमा अभिनय गरेपछि उनले अर्काे हाँस्य शृंखला ‘जिरे खुर्सानी’ मा अभिनयको मौका पाए । ‘जिरे खुर्सानी’को सुटिङकै दौरान माग्ने बूढा आएको थाहा पाएँ’, उनले भने, सुटिङ नै छाडेर माग्ने बूढालाई भेट्न गएँ ।’ उनकै अगाडि उनको तारिफ गर्दै मन जित्ने कोशिस गर्दै उनको नम्बर लिन खोजे पनि सहायकको नम्बर मात्रै पाउँदा पनि साह्रै खुसी लागेको उनले सुनाए । निरन्तर फोन गरिरहँदा एकपटक त सातो नै खाने गरी ‘कलाकार चाहिए फोन गर्छु भनिरा’कै छु कति फोन गर्छौ’भनेर झपार्दा समेत उनको गालीलाई सम्मान गरे । त्यतिबेलाको चर्चित हास्य शृंखला ‘मेरी बास्सै’मा खेल्ने इच्छा मारे । तर, ६५ तिर धुर्मुसबाट मेरी बास्सैमा खेल्ने मौका पाए । मेरी बास्सैमा खेल्न पाएपछि अभिनयबाहेक सबै कुरामा हात पनि हाले । काममा कुनै पनि कन्जुस्याइँ गरिनेन् । तर, उनलाई चिनाउन माग्ने बूढाले मेरी बास्सैबाटै ‘बट्टारे कान्छा’बाट सबै सामु चिनिने मौका पाए । सुरुमा त उनलाई नाम खासै मन परेको थिएन तर बाटोमा हिँड्दा ओई यो त मेरी बास्सैमा खेल्ने ‘बट्टारे कान्छा’ हैन भनेको सुन्दा भने नाम मन पर्दै गएको बताए । तीतोसत्य, जिरे खुर्सानी र मेरी बास्सैमा खेल्न अवसर दिने सबैलाई सधैँ सम्झिरहने उनी बताउँछन् ।

कलामै भौतारिरहेका उनले ‘चरन दास चोर’ नाटक हेरेपछि भने हाँस्य विधामा भन्दा नाटकमा जीवन्त अभिनय गर्न पाइने देखेर हाँस्य सिरियलहरूबाट अझै आफ्नो क्षमताका कुराहरू नआएको जस्तो अनुभव भएर नाटकतिरबाट पो केही गर्न सकिन्छ कि भनेर नाटक तिरै होमिएको बताए । अनामनगरमा रहेको मण्डला थिएटरका सुनील पोखरेलबाट रंगमञ्चको रियल अभिनय सिकेका उनले थिएटरमा ‘जार’ नामक नाटक पहिलोपटक गरेको बताए । त्यसपछि ‘कथा एक्सप्रेस’ नाटकमा अभिनय पनि गरे । जुन नाटकमा उनले फरक १३ भूमिका निर्वाह गरेका थिए । जसमा उनले आफ्नो अभिनयमा निखारता ल्याएका थिए । नाटक ‘कथा एक्सप्रेस’ बाट सबैको प्रशंसा पाएपछि मूलधारका फिल्ममा खेल्ने अवसर पाए पनि अहिल्यै पूर्वाधार तयार नहँुदै मूलधारको फिल्ममा नखेल्ने उनले योजना सुनाए । अलिक फरक प्रसंगमा ‘बट्टारे कान्छा’ले भने, ‘स्टार हुनु छ । मिडियामा देखिनु छ ।’ तिमी नपाए मर्छु र मार्छु भन्ने पनि छ । तर, यो सब नभई अहिले नै बिहेको कुनै योजना नबनाएको बताउँछन् । कलाकारिताबाट मात्रै बाँच्न नसक्ने भएकाले उनले आफ्नो आर्थिक अवस्थालाई सुधार्न साइड जब पनि गरिरहेका छन् ।

sandesh_03 copyबहुमुखी प्रतिभाका धनी लामिछानेसँग २० भन्दा बढी नेता तथा बलाकारको क्यारिकेचर गर्ने क्षमता पनि छ । यसबाहेक उनले ‘दृष्टि’, ‘लगन जुर्ला जस्तो छ’, ‘अमिलो पिरो’, झ्याई कुटी झ्याई’, ‘फिल्ममा पासिङ रोल’, ‘सिस्नो पानी झ्याम्मै’ लगायतका सिरियलहरूमा पनि अभिनय कला देखाइसकेका छन् । यस्तै म्युजिक भिडियो, जनचेतनामुलक डकुमेन्ट्री पनि अभिनय क्षमता देखाएका छन् । सामाजिक कार्यमा पनि रुचि राख्ने उनी देशले के दियो भन्दा पनि पनि के दिन सक्छु भनेर नै देशप्रति समर्पित हुने बताए ।

प्रतिक्रिया