ललितपुर टेटेलाई सहयोग

काठमाडौं । ललितपुर जिल्ला टेबलटेनिस संघलाई खेल सामाग्री सहयोग स्वरूप प्रदान गरिएको छ । थाइल्यान्डमा बस्दै आएका जापानिजद्वय मियाकी र वातानेबेले संघलाई रबर र टेबलटेनिस बल प्रदान गरेको हो । रबर र बल गरी करिब १ लाख ५० हजार मूल्य बराबरको सामाग्री प्रदान गरिएको जिल्ला संघका सदस्य एवं राष्ट्रिय खेलाडी पुरुषोत्तम बज्राचार्यले जनाएका छन् । मियाकीले जिल्ला संघका अध्यक्ष सुदील शाहीलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । वातानेबे नेपालमा नभएकाले मियाकीले वातानेबेले उपलब्ध गराएको सामाग्री पनि संघलाई हस्तान्तरण गरेका थिए । (सौस)

प्रतिक्रिया