एघार वर्षपछि प्रक्राउ

पाँचथर, २४ पुस । लागु ओषध कारोबारमा संलग्न भएर फरार भएका पाँचथरका गंगाराम मुखिया ११ वर्षपछि फिदिम बजारबाट बिहीबार पक्राउ गरिएका छन् । मुखिया लागू औषध हेरोइन बेचबिखन तथा ओसार पसारमा संलग्न थिए ।

उनलाई झापा अदालतबाट ०६१ को ५ बैशाखमा २ वर्ष कैद र १५ हजार रूपियाँ जरीमाना फैसला भएको थियो । त्यसपछि उनी हालसम्म फरार थिए । फरार मुखियालाई विशेष सुराकीको आधारमा पक्राउ गरी जिल्ला अदालतमा प्रहरीले पेश गरेको थियो । उनलाई तोकिएको कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

न्युजल्यान्डबाट शब आउने
यसैबीच, विगत २ वर्ष अगाडि अध्ययनको सिलसिलामा न्युजल्यान्डको टोरङगापुगेका पाँचथर फिदिमका पवन खड्काको शव नेपाल ल्याइने तयारी भएको छ । १७ पुसमा समुन्द्रको किनारमा उनको शव फेलापरेको हो । नेपाली एसोसिएसन इनवाई अफप्लेन्टी टोरंगा न्युजल्यान्डका अध्यक्ष रमेस गुरुङले जनाएअनुसार नयाँ वर्षको दिन समुन्द्र किनारमा शव फेला परेको हो । हत्या भएको हुन सक्ने अनुमान गरिए पनि पोसमार्टम रिपोर्ट र व्यक्तिगत डायरी फेला परेपछि भने आत्महत्याको रहस्य खुलेको गुरुङको भनाइ छ ।

न्यूजल्यानड प्रहरी, बिमाकम्पनी र परीवारसँग समन्वय गरी काठमाडौंस्थीत टावनहल एजुकेसनको सहकार्यमा सब आइतबारसम्म काठमान्डौ आइपुग्ने जनाइको हो ।

एजुकेसनका सन्चालक राजु निरौलाले जानकारी दिए । शव नेपाल पठाउन र पारिवारिक सहयोगका लागि अस्ट्रेलियन नेपाली विद्यार्थी समाज र न्यूजल्यान्ड नेपाली विद्यार्थी समाजले आर्थिक संकलन गरिरहेको र हालसम्म ४ हजार अस्ट्रेलियन डलर संकलन भइसकेको संकलनकर्ता अर्जुन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया