सुर्खेत पर्यटन महोत्सव सुरु

surkhet mahhotsabसुर्खेत, २३ पुस । वीरेन्द्रनगरमा बिहीबारदेखि सुर्खेत पर्यटन, कृषि तथा लघुउद्यम महोत्सव सुरु भएको छ । एक समारोहबीच बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका राज्यमन्त्री बलबहादुर महतले महोत्सवको उद्घाटन गरेका हुन् ।

सुर्खेत जिल्लालाई पर्यटकीय कृषि एवं लघुउद्यम केन्द्रको रूपमा विकास गरेर यस क्षेत्रका नागरिककोे जीवनस्तर उठाइ आत्मनिर्भर बनाउने लक्ष्यका महोत्सवको आयोजना गरिएको हो । महोत्सवको उद्घाटन समारोहमा बोल्दै राज्यमन्त्री महतले यस क्षेत्रको पर्यटन विकासमा आपूm लागि पर्ने बताए । उनले यस क्षेत्रका ऐतिहासिक पर्यटकीय सम्पदाहरूको संरक्षण तथा सम्वद्धन गर्नु हामी सवैको दायित्व भएकाले आफ्नो कार्यकालमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । महोत्सव उद्घाटन हुनु पूर्व स्थानीय मंगलगढी चौकवाट स्थानीय भेषभुषा तथा बजाको ¥याली निकालिएको थियो । करिब १० करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको महोत्सव आगामी माघ ३ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा ३ सय २० वटा व्यवसायिक स्टल रहेका छन् । यसमध्य ४० लघु उद्यम र ४० घरेलु उद्योगका स्टल छुट्याईएको आयोजकले जनाएको छ । महोत्सवमा करीव २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले राखेको छ । महोत्सव प्रवेशका लागी विद्यार्थीको लागि ३५ र अन्यका लागि ५० को टिकट दरको व्यवस्था गरिएको पर्यटन विकास मञ्च सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिए । ।

पर्यटनतर्फ गुरु योजना निर्माणका लागि पहल, निर्वाचन स्तरीय क्षेत्रमा सरोकारवालको भ्रमण, पर्यटन विकासका लागि लेख रचना प्रकाशन, सुर्खेत विमानस्थलमा पर्यटन हेल्पडेक्स स्थापनार्थ पहल र थारु फुट फेस्टिबल लगायतका विभिन्न कार्यक्रमहरू रहेका छन् । यहाँको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने र कृषि तथा लघु घरेलु उद्यम विकासलाई समृद्ध बनाउ महोत्सव केन्द्रंीत रहेको आयोजक मुल समितिका संयोजक हरि प्रसाद अधिकारीले बताए । यस्तै लघ उद्यमतर्फ लघु उद्यम उत्पादन प्रर्दशनी, लघु उद्यमी र ठुलो क्रेता विक्रेताबिच अन्तरक्रिया, कृषि मेला प्रदर्शनी, निःशुल्क माटो परीक्षण शिविर लगायतका कृषिका कार्यक्रमहरू राखिएको छ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया