रोनाल्डो र नेयमारभन्दा मेस्सी महँगो

messiलन्डन । जारी सिजनको ट्रान्सफर विन्डो (खेलाडी किनबेच बजार)मा बार्सिलोनाका स्टाइकर लियोनल मेस्सी सबैभन्दा महँगो खेलाडी भएको अध्ययनले देखाएको छ । मेस्सी अर्का स्टार क्रिस्चानो रोनाल्डा र नेइमारलाई पछि पार्दै मूल्यावन खेलाडीको सूचीमा अग्रस्थानमा छन् ।

रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने चौंथो नम्बरमा परेका छन् । रोनाल्डोभन्दा इंग्लिस क्लब चेल्सीका स्टाइकर इडेन हजार्ड र स्पेनिस क्लब बार्सिलोनाका स्टाइकर नेइमार खेलाडी किनबेच बजारमा बढी मूल्यवान देखिएका छन् । सिआइइएस फुटबल अब्जरभेटरीले निकालेको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ । सिआइइएसको अनुसार बार्सिलोनाका स्टार स्ट्राइकर मेस्सी २५ करोड सात लाख युरो मूल्यसहित मूल्यवान खेलाडीको सूचीमा पहिलो नम्बरमा छन् । ११ करोड ४० लाख युरो मूल्य रहेका रोनाल्डो चौंथो नम्बरमा छन् । रोनाल्डो भन्दा अघि रहेका नेइमार १५ करोड २७ लाख युरो मूल्यसहित दोस्रो र १३ करोड पाँच लाख युरो मूल्यसहित हजार्ड तेस्रो नम्बरमा छन् ।

त्यस्तै टोटनह्यामका ह्यारी केन, म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ, एथ्लेटिको मड्रिडका एन्टोइने ग्रिजम्यान, बार्सिलोनाका लुइस स्वारेज, म्यानचेस्टर सिटीका सर्जियो अग्युरो र आर्सनलका एलेक्स सान्चेज किनेबेच बजारका लागि मूल्यवान खेलाडीको सूचीमा क्रमशः उत्कृष्ट १० मा पर्न सफल भएका छन् । (एजेन्सी)

प्रतिक्रिया