उसु खेलाडीलाई ट्रयाकसुट

wushu sag trackकाठमाडौं । भारतमा हुने १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने उसु खेलाडी टोलीलाई प्रोत्साहन स्वरूप बुधबार ट्रयाकसुट प्रदान गरिएको छ ।

पिस इन्टरनेसनल एकेडेमीले खेलाडीको सम्मानमा आयोजना गरेका शुभकामना तथा प्रोत्साहन कार्यक्रममा नेपाल उसु संघले सागमा सहभागी हुने १७ खेलाडीलाई ट्रयाससुट प्रदान गरेको हो । त्यस्तै उसु संघका उपाध्यक्ष राजीव महर्जनले सबै खेलाडीलाई टिसर्ट उपलब्ध गराएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासविचसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र उसु संघका सह अध्यक्ष वीरबहादुर तामाङले उनीहरूलाई ट्रयाकसुट र टिसर्ट हस्तान्तरण गरे । अध्यक्ष श्रेष्ठले मार्सल आर्टबाट नेपालले धेरै पदकको आशा गरेको बताए ।

सोही अवसरमा खेलाडीलाई प्रेरित गर्ने गीतको पनि विमोचन गरिएको थियो । ‘जाउ अघि बढ’ बोलको गीतको गायक, रचनाकार र संगीतकार निमा रुम्बा हुन् । गीतको भिज्युलमा एकेडेमीका संस्थापक एवं उसु प्रशिक्षक पञ्चमान महर्जन र ११ औं सागकी रजत विजेता झरना गुरुङले अभिनय गरेका छन् । एनओसी अध्यक्ष श्रेष्ठले गीतको विमोचन गरे ।

गीत विमोचनपछि रुम्बाले खेलाडीका रूपमा नभए पनि कुनैकुनै रूपमा २५ वर्ष अघिदेखि खेलकुदसँग साइनो रहेको बताउँदै खेलाडीलाई प्रेरित गर्ने खालको गीत तयार गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा रुम्बाले आफ्नो पहिलो एल्बम तयार गर्न पञ्चमानले आफ्नो हातबाट सुनको औँठी निकालेर देको स्मरण गर्न भुलेनन् । (सौस)

प्रतिक्रिया