क्योकुसिन टोली भारत प्रस्थान

kyokushin budokaiकाठमाडौं । भारतमा हुने भारत ओपन अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनसिपका लागि नेपाली क्योकुसिन कराते टोली मगंलबार त्यसतर्फ प्रस्थान गरेका छन् । कोलकाताको रानीगञ्जमा जनवरी ८ देखि १० सम्म हुने च्याम्पियनसिपका लागि २२ खेलाडी तथा समान १–१ प्रशिक्षक, टिम म्यानेजर र निर्णायक भारत प्रस्थान गरे ।

खेलाडीमा अशोक मोक्तान, गोपाल लाल सिंह, राज पौडेल र प्रमोद थपलिया छन् । टोली प्रशिक्षकमा बैजनाथ यादव, म्यानेजरमा मो अस्गर खा र निर्णायक मीनबहादुर गुरुङ छन् । टोलीलाई नेपाल क्योकुसिन बुदोकाई कराते सघंका संस्थापक तथा प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले बिदाई गरे । सो अवसरमा कोषाध्यक्ष राज श्रेष्ठ र सदस्यद्वय धनबहादुर तामाङ, राजकुमार लामा तथा प्रशिक्षकद्वय ओमराज पुन र मृगेन्द्र महर्जनलगायतको उपस्थिति थियो । (सौस)

प्रतिक्रिया