“राते काइँला” र “तक्मे बूढा” बलिउडमा

Sunil Thapawilson-bikram-rai -takme dudaकाठमाडौं । बलिउड फिल्म ‘मेरी कोम’बाट बलिउडमा राम्रै तारिफ कमाएका अभिनेता सुनिल थापा ‘राते काइँला’ अर्को एक बलिउड फिल्ममा अनुबन्धित भएका छन् । यस्तै अर्का हास्य कलाकार विल्सनविक्रम राई पनि उक्त फिल्मको लागि अनुबन्ध भएका छन् ।

‘द गड मस्ट बि क्रेजी’को बलिउड रिमेक फिल्म ‘भाइ मस्ट बि क्रेजी’मा अभिनेता सुनिल थापा र विल्सनविक्रम राई बलिउडकी अर्की बाला विपाशा बसुसँग देखिनेछन् ।

फिल्मका निर्देशक विनय शर्माले फेसबुकमा एक स्टाटस लेख्दै शर्माले सुनिल थापा फिल्ममा अनुबन्धित भएको जनाएका हुन् । विनय सञ्जय दत्त अभिनित ‘जिला गाजियाबाद’का लेखक हुन् । अभिनेता सुनिल थापाले आफू फिल्ममा एक खलनायकको भूमिकामा अभिनय गर्न लागेको बताए । फिल्मको पहिलो चरणको छाँयाकन नेपालको मुस्ताङबाट गरिँदै छ । त्यसका लागि फिल्म निर्माण टिमसँग सुनिल मुस्ताङ जाँदै छन् ।

फिल्मको मुख्य सुटिङ्स्थल यसअघि नै नेपाल तय भए पनि वैशाख १२ गएको भूकम्पका कारण फिल्मले आफ्नो लोकेसन थाइल्यान्ड स्थानातरण गरेको फिल्मका निर्माताले बताएका छन् । छायांकन टोलीले मुस्ताङका केही दृश्यलाई स्लटका रूपमा खिच्नेछ । निर्देशक शर्माले स्टाटसमा अमिताभ बच्चनको ‘खुदा गवाह’को सुटिङस्थलमा छायांकन हुने दोस्रो बलिउड फिल्म बन्न पाएकोमा आफू भाग्यमानी भएको उल्लेख गरेका छन् । फिल्मको छायांकनका लागि विपासा नेपाल आएकी छैनन् । उनको सुटिङ् थाइल्यान्डमा मात्र हुनेछ । फिल्ममा उनी महिला प्रहरी अधिकारीको भूमिकामा छिन् ।

यस्तै निरन्तरको प्रयासले ‘तक्मेबूढा’ उर्फ विल्सन विक्रम राई अन्ततः बलिउडमा प्रवेश गर्ने पक्का भएको हो ।

यसअघि नै राई भारतीय टेलिभजनबाट प्रसारित हुने एक चर्चित सिरियलमा खेल्ने पक्का भइसकेको थियो । तर, कारणवश त्यसले मूर्तरूप लिन पाएन । अहिले बलिउडकी हट एन्ड बोल्ड अभिनेत्री विपाशा बसुको ‘भाइ मस्ट बि क्रेजी’ फिल्ममा विल्सन सुनिल थापासँगै अनुबन्धित भएका छन् । फिल्म चर्चित कमेडी फिल्म ‘द गड मस्ट बि क्रेजी’को बलिउड रिमेक हो । फिल्ममा उनको भूमिका बारेमा विस्तृत थाहा हुन नसके पनि स्रोतका अनुसार फिल्ममा उनी एक जासुसको भूमिकामा अभिनय गर्दै छन् । बलिउड फिल्ममा चिनिएका कलाकारको फिल्ममा देखिनुले पनि उनको आगामी यात्रालाई ‘भाइ मस्ट बि क्रेजी’ले सम्भावनाको ढोका खोलिदिन सक्छ ।

फिल्ममा विपाशा बसुसँगै बलिउड अभिनेता शाहिद कपुरका पिता पंकज कपुर, कमेडी नाइट्स विथ कपिल फेमका सुनिल ग्रोभर (गुत्थी), विजय राजलगायत कलाकारहरूको अभिनय रहनेछ ।

प्रतिक्रिया