नेपाल फर्कनुको कुनै अर्थ छैन: प्रशिक्षक ओसम्स

football-coach-patrich n anfaकाठमाडौं । एन्फामा व्यवसायिकता नभएको भन्दै सम्झौता नवीकरण नगर्ने घोषणा गरिसकेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक ओसम्सले नेपाल फर्कनुको कुनै अर्थ नभएको जनाएका छन् ।

ओसम्स मंगलबार काठमाडौं आउने तयारीमा थिए । तथापि उनले एन्फाको खराब प्रवृत्तिका कारण काठमाडौं आउनु व्यर्थ हुने जनाए । एन्फालाई दिएको योजना स्वीकृत नभएकोमा रोससमेत प्रकट गरेका छन् । उनले नेपाली टीमका केही खेलाडीलाई युरोपमा अभ्यासको मौका दिन र मैत्रीपूर्ण फुटबलका लागि प्रस्ताव राखेको समेत जनाएका छन् । यस विषयमा एन्फाले कुनै प्रतिक्रिया नदिएको उनको आरोप छ ।

त्यस्तै उनले बङबन्धु कपका लागि घोषणा भएको नेपाली टोलीप्रति आश्चर्य व्यक्त गरे । उनले आफ्नो योजनाभन्दा बाहिर खेलाडी छनोट भएको आरोपसमेत लगाए । ओसम्सको व्यक्तव्यमा उनले अखिल नेपाल फुटबल संघ एन्फासँगको सम्वन्ध तोड्न चाहेको बुझ्न सकिन्छ । ओसेम्सले व्यक्तव्यमा नेपाली खेलाडीको खेल्ने शैली परिवर्तन भएको भन्दै उनीहरू अझ धेरै क्षमता भएको जनाएका छन् । ओसम्सले भनेका छन्, ‘४ महिनामा धेरै राम्रो परिवर्तन भए तथापि साफमा खराब नतिजाको सामाना गर्नुप¥यो ।’

उनले भनेका छन्, ‘एन्फालाई साफ र बंगलादेशका लागि २३ खेलाडीको सूची दिएको थिएँ । तर, निकै फरक सूची पाउँदा आश्चर्यमा परेको छु ।’ उनले विज्ञप्तीमार्फत नेपाली फुटबल समर्थकसँग बिदा मागेका छन् । ‘नेपाललाई मेरो दिल र दिमागमा ठाउँ दिन ४ महिना पर्याप्त रह्यो । छोटो समयमा नै मैले नेपालबाट धेरै राम्रो माया पाए’, ओसम्सले भनेका छन् ।

यसअघि नै उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत एन्फामा व्यावसायिकता नभएको भन्दै सम्झौता नवीकरण नगर्ने घोषणा गरिसकेका छन् । तथापि उनको कार्यकाल सकिन अझै २ महिना बाँकी छ । (सौस)

प्रतिक्रिया