श्रद्धा ‘हाफ गलफ्रेन्ड’

shradha-kapoor copyमुम्बई । चेतन भगतको चर्चित पुस्तक ‘हाफ गलफ्रेन्ड’मा आधारित रहेर चलचित्र बन्ने त पक्का भएको छ ।

पाठकले अत्याधिक रुचाएको यो पुस्तकमाथि आधारित रहेर मोहित सुरीले चलचित्र बनाउने घोषणा गरेका छन् । मोहितले बनाउने यो चलचित्रका लागि लामो समयदेखि नायिकाको नाम चर्चामा थियो । अन्तमा नायिका श्रद्धा कपुरले चलचित्रमा काम गर्ने पक्का भएको छ । श्रद्धालाई लिएर मोहितले चलचित्र ‘एक भिलेन’ बनाएका थिए, जसले सय करोड माथिको व्यापार गरेको थियो । फिल्मका लागि नायक भने पक्का भइसकेका छैनन् । चलचित्रका लागि सुशान्त सिंह राजपुतको नाम पनि चर्चामा थियो । सुशान्त अर्को एक चलचित्रमा व्यस्त भएकाले यसमा काम गर्न सकेनन् । अहिले नायक अर्जुन कपुरको नाम चलचित्र चर्चामा छ । मोहित सुरीका चलचित्रले राम्रो व्यापार गर्ने भएकाले पनि कलाकारका लागि उनका चलचित्र विशेष बन्ने गर्दछ । श्रद्धासँग रोमान्स गर्ने अवसर अर्जुनलाई मिल्छ या मिल्दैन, हेर्न बाँकी छ । उनै मोहितले बनाएको ‘एक भिलेन’ सर्वाधिक तथा ‘हमारी अधुरी कहानी’ले सामान्य व्यापार गरे पनि दर्शकले रुचाएका थिए । (एजेन्सी)

प्रतिक्रिया