मिस राई आयोजना हुने

Rai copyकाठमाडौं, १९ पुस । किराती मौलिक पहिचान तथा सांस्कृतिक संरक्षण सहयोग पु¥याउने उद्देश्यले किरात राई मौलिक कला सांस्कृतिक केन्द्रले मिस राई २०१६ को आयोजना गर्ने भएको छ ।

विगत वर्षहरूदेखि नियमित रूपमा आयोजना गर्दै आएको मिस राईको यो चौथो संस्करण हो । संसारभरि छरिएर रहेका किरात राईहरूको प्रतिनिधित्व हुने गरी मिस राई छनोटको कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष अर्पण राईले जानकारी दिएका छन् । विशेष गरी विश्वमा रहेका विभिन्न किसिमका प्रतिस्पर्धाहरूमा किरात राईहरूको समेत उपस्थिति जनाउन प्रतियोगिता गराउँदै आएको राईले बताए ।

छुट्टै भाषा, संस्कृति र संस्कार रहेको किरात राई समुदायभित्रका फरकफरक भाषिक समुदायको समुच्च प्रतिनिधित्व हुनेगरी मिस राई २०१६ को आयोजना गरिने उनले बताए । किरात राईहरूको साझा प्रतिनिधि खोज्न तथा किरात राई समुदायभित्रका नारी प्रतिभालाई विकास एवं निख्खारता ल्याउन यो कार्यक्रमले मद्धत गर्ने अपेक्षा गरेको आयोजक संस्थाले अपेक्षा गरेको राईले बताए ।

आगामी फागुन महिनामा सञ्चालन हुने प्रतियोगिताका लागि आवेदन फारम खुला गरी माग पहिलो हप्ताभित्र पहिलो चरणको छनोट प्रक्रिया सकिनेछ । अध्यक्ष राईका अनुसार पूर्वक्षेत्रको छनोट माघ २ गते र काठमाडौं केन्द्रका लागि माघ ८ गते पहिलो चरणको छनोट कार्यक्रम गरिनेछ । यसरी छानिएका सहभागीहरूलाई विभिन्न किसिमको व्यक्तित्व विकाससम्बन्धी तालिम, किरात राईहरूको संस्कार संस्कृतिबारे प्रशिक्षण, कोरियोग्राफी तालिम दिइनेछ । एक महिने बन्द प्रशिक्षणमा राखेपछि प्रतिस्पर्धीहरूलाई अन्तिम चरणको छनोटमा पठाइने आयोजक संस्थाले बताएको छ ।

मिस राई २०१६ मा विनर तथा स्थान सुरक्षित गर्ने सहभागीलाई विभिन्न टाइटलहरूले सम्मान गरिनेछ । उनीहरूलाई संस्थाको अभिभावकत्वमा रहने गरी किरात राईहरूको ऐतिहासिक स्थलहरूको अध्ययन भ्रमणसमेत गराइने केन्द्रका अध्यक्ष राईले जनाएका छन् ।

प्रतिक्रिया