हलचोकमा गृहसचिव

APF_Newsकाठमाडौं, १९ पुस । गृहमन्त्रालयका सचिव नारायण मलेगोले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको आइतबार निरीक्षण गरेका छन् । निरिक्षणको अवसरमा कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सुरक्षा चुनौती, सशस्त्र प्रहरी बलको परिचालन, श्रोत साधन तथा जनशक्ति, नागरिकको सेवा, सुरक्षा तथा सहयोग र उद्धारमा भएका कामकारवाही लगाएतका विविध विषयमा जानकारी दिएका छन् ।

निरीक्षणपछि एपीएफ अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्दै मलेगोले सशस्त्र प्रहरी बलले जिम्मेवारी निर्वाहको क्रममा राष्ट्र र जनताप्रति दिनुपर्ने योगदानको बारेमा चर्चा गरेका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत तैनाथीका ठाउँहरुमा सशस्त्र प्रहरी बलले व्यावशायीक जिम्मेवारी निर्वाहमा उत्कृष्ट कार्य गरेको बताएका छन् । सशस्त्र प्रहरी बलले मानव अधिकारको संरक्षण गर्दै जिम्मेवारी पुरा गर्ने क्रममा व्यावशायीक दक्षतामा अग्रसर रहेको भन्दै मलेगोले विनासकारी भुकम्पको बेला सशस्त्र प्रहरी बलले शाहसीक ढंगबाट जिम्मेवारी पुरा गरी संगठनको छविलाई उच्च तुल्याएको बताएका छन् । उनले पेशागत दायित्व निर्वाहमा दत्तचित्त भएर कार्य गर्न तथा जिम्मेवारीका क्षेत्रप्रति सचेत भएर सामूहिक भावनाका साथ कार्यक्षत्रमा कृयाशिल रहन निर्देशन दिएका छन् ।

त्यस अवसरमा कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले धन्यवाद ज्ञापन गर्दै जस्तोसुकै नविन चुनौतीलाई सामना गर्न सशस्त्र प्रहरी बलले गर्नुपर्ने काममा कुनै सम्झौता नगरी उत्कृष्ट कार्यसम्पादन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया