सूचना आयोगको ३ बुँदे आदेश जारी

काठमाडौं, १९ पुस । राष्ट्रिय सूचना आयोगले राजनीतिक दलले पालना गर्नुपर्ने कानुनी दायित्वका सम्बन्धमा आइतबार तीनबुँदे आदेश जारी गरेको छ । आयोगले नेपालको संविधानको धारा २७ मा रहेको सूचनाको हक र सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ को प्रावधान बमोजिम दलहरुले पालना गर्नुपर्ने कानुनी दायित्वका बारेमा आदेश जारी गरेको हो ।

व्यवस्थापिका–ससद्को विकास समितिमा भएको छलफल समेतका आधारमा निर्वाचन आयोगमा दर्ता भएका १८० वटा राजनैतिक दलहरुको नाममा ३ बुँदे जारी गरिएको हो ।

आदेशमा कानुन् बमोजिम २० वटा शीर्षकका राजनैतिक दलको गतिविधि प्रत्येक तीन÷तीन महिनामा स्वतः प्रकाशन गर्न, दलका तर्फबाट सूचना अधिकारी तोकी निजको नाम र सम्पर्क नम्बर तथा फोटो सहित पार्टीको कार्यालयमा राख्नु पर्ने र ऐन र नियमावली बमोजिम सूचना मागका लागि परेको निवेदन र सो उपर भएको कारवाही झल्किने गरी छुट्टै अभिलेख खडा गरी सम्बन्धीत सूचना प्रत्येक तीन÷तीन महिनामा सार्वजनिक गर्नुपने आदेशमा उल्लेख छ ।

नेपालको संविधानमा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको प्रत्याभूति गरेको भन्दै आदेशमा सूचनाको हकसम्बन्धी ऐनले सार्वजनिक निकायमा रहेको सूचनामा नागरिकको पहुँचलाई सुनिश्चित हुने उल्लेख छ । सार्वजनिक निकायको परिभाषा भित्र राजनैतिक दल पनि समेटिएकोले राजनैतिक दलहरुबाट सूचनाको हकसम्बन्धी ऐन र नियमावलीका प्रावधानहरुको पालना हुन आदेश जारी गरिएको हो । जनताले अनुभूत गर्ने सबैभन्दा महत्वपूर्ण ‘स्टेक होल्डर’ राजनैतिक दलहरु भएकाले सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी दायित्वको पालना गरी असल अभ्यासको नमूना प्रस्तुत गर्दा अन्य सबै सार्वजनिक निकायलाई जिम्मेवार बनाउन सकिने भएकाले यस्तो आदेश आएको हो । व्यवस्थापिका–ससद्को विकास समितिमा भएको छलफल समेतका आधारमा निर्वाचन आयोगमा दर्ता भएका १८० वटा राजनैतिक दलहरुको नाममा ३ बुँदे जारी गरिएको हो ।

प्रतिक्रिया