दललाई निर्वाचनआयोगको हिसाब राख्ने तालिम

काठमाडौं, १९ पुस । राजनीतिक दलहरुको लेखा प्रणालीमा सुधार ल्याउन निर्वाचन आयोगले आयतबार देखि लेखा परिक्षण तालिम सुरु गरेको छ । निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको आयव्यय विवरणको लेखापरीक्षण तथा निर्वाचन खर्चसम्बन्धी सहजताकालागि तालिम सुरु गरिएको हो ।

आइतबारबाट सुरु भएको तालिमा ६ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा आयोगमा दर्ता रहेका १७९ राजनीतिक दलको सहभागिता रहने छ । प्रशिक्षण अलग अलग राजनीतिक दलका लागि समूहगत रूपमा अलग अलग दिनमा सञ्चालन हुनेछ । आजको प्रशिक्षणमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहभागिता थियो । आयोगका अनुसार प्रशिक्षणमा राजनीतिक दलले आयोगमा पेस गर्नुपर्ने वार्षिक आयव्यय विवरणको लेखापरीक्षण तथा निर्वाचन खर्चसम्बन्धी प्राविधिक विषयमा कार्यपत्र प्रस्तुति, आपसी छलफल र अन्तत्र्रिmया हुनेछ । राजनीतिक दललाई ती विषयमा स्पष्टता प्राप्त भई दलको आयव्यय विवरण राख्ने र त्यसको लेखापरीक्षण गराउने सम्बन्धमा सहज हुने कावा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बताए ।

हरेक राजनीतिक दलले प्रत्येक वर्षको पुस मसान्तभित्र आयोगमा आफ्नो दलको आयव्ययको विवरण बुझाउनुपर्नेमा धेरै राजनीतिक दलले अभैm सम्म आय–व्ययको विवरण नबुझाएका भन्दै उनले त्यसैको पूर्वसन्ध्यामा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम अभैm बढी प्रभावकारी हुने बताएका छन् । उनले धेरै राजनीतिक दलले अभैm पनि आय–व्ययको विवरण नबुझाएकाले यही पुस मसान्तभित्र विवरण बुझाउन सम्बद्ध दललाई आग्रह समेत गरेका छन् । आयुक्त इला शर्माले लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलको हरेक क्रियाकलाप पारदर्शी हुनुपर्ने भन्दै यो प्रशिक्षणले सबै राजनीतिक दलको लेखाप्रणालीमा सुधार हुने अपेक्षा राखेका छन् ।

प्रतिक्रिया