बलात्कार आरोपमा बालक पक्राउ

पाँचथर, १८ पुस । पाँचथरको हाङगुम गाविस–७ का १६ वर्षीय बालकलाई नाबालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई सोहीठाउँ निवासी १० वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेका आरोप लागेको हो ।

शुक्रबारका दिन उक्त बालकले घरबाट नजिकै रहेको अर्को घरमा समान लिन गएको बेला छोरीलाई जबर्जस्ती गरेको अवस्थामा भेटाएको बालिकाको अभिभावकले बताएका छन् । उनको अभिभावकले करिब २० मिटर नजिकै रहेको आफ्नै अर्को घरमा छोरी चिच्याएपछि घटनाका बारेमा थाहा पाएको बताए ।

घटनापछि बालिकाको आमाले वलने गाविसको प्रहरीचौकीमा मौखिक उजुरी गरेको आधारमा प्रहरीले अनुसन्धानका लागि आरोपी बालकलाई जिल्ला प्रहरीमा पु¥याएका छन् । आरोपी बालकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरीपछि बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ ।

प्रतिक्रिया