किसानलाई निःशुल्क सिम

काठमाडौं, १७ पुस । कृषि मन्त्रालयले किसानको कृषि उत्पादनलाई सघाउन निःशुल्क ‘किसान सिम’ अभियान सञ्चालनमा ल्याएउने भएको छ । मन्त्रालयले कृषि उत्पादनमा पर्नसक्ने नकारात्मक प्रभाव कम गर्न सहयोग पु¥याउने उद्देश्यले यो अभियान सञ्चालनमा ल्याइएको हो । जलवायु प्रकोप समुत्थान निर्माणसम्बन्धी नमुना कार्यक्रम आयोजनाको कार्यान्वयनका लागि मन्त्रालयले पहल गरिरहेको छ ।

कृषि व्यवस्थापन सूचना प्रणालीको विकास गरी कृषि उत्पादन र उत्पादकत्व बढाउन कृषि मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को सहकार्यमा अभियान सुरुगरिएको मन्त्रालयले जनाएको छ । ग्रामीण भेग तथा दुरदराजमा रहेका किसानलाई तत्काल सन्देश पठाउन सजिलो होस् भनेर आयोजनाले एकसय ‘ब्यालेन्स’ रकमसहित २५ जिल्लाका ५ हजार ५ सय किसानको हातमा किसान सिम पु¥याउन लागेको कृषि विकास मन्त्रालयका प्रवक्ता डा. श्यामकिशोर साहले जानकारी दिए । उनले आयोजनाले किसानलाई स्तरीय सेवा प्रवाह गर्न ‘हाम्रो कृषि’ मोबाइल एप्लिकेसन, कृषि–पूर्वसूचना प्रणाली, टोल फ्री नम्बर, आवाज सूचना (अडियो नोटिस), कृषि–इन्फोजस्ता सूचनामूलक कार्यहरू सुरु गरेका जनाएका छन् ।

प्रवक्ता साहले आयोजना सञ्चालन भएका केही जिल्लामा सुरु भइसकेको र यसलाई निरन्तर रूपमा देशका २५ वटै जिल्लामा पु¥याउन लागिएको जानकारी दिए । एन्ड्रोइड स्मार्ट–फोन भएका किसानले हाम्रो कृषिएप्स मौसमसम्बन्धी जानकारी, कृषि र प्रविधि, कृषि कार्यालयका सम्पर्क नम्बरहरू, बीमा अभिकर्तासम्बन्धी जानकारी र अन्य सफलताका कथाहरू प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, खाद्यान्न, पशुपालन, तरकारी, फलफूल, तेलहनलगायत सबै बालीका विवरण, बालीमा मौसमी प्रभावले लाग्ने रोग र किरा तथा त्यसको निदानका बारेमा पनि जानकारी दिइनेछ ।

प्रतिक्रिया