पहिचान जोगाउन टोपी दिवस

काठमाडौं, १७ पुस । नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन नेपाली युवाहरूले शुक्रबार टोपी दिवस मनाउने अभियानै सुरु गरेका छन् । पश्चिमा संस्कृतिको प्रभावमा युवा पुस्ताले अंग्रेजी नयाँ वर्षलाई भव्य रूपमा मनाइरहँदा उनीहरूले नेपालीको पहिचान भेषभुषामा भेटिने भन्दै अभियान सञ्चालन गरेका हुन् ।

नेपाली राष्ट्रियताप्रति चासो राख्ने केही समूहले विगत ४ वर्षदेखि राष्ट्रिय टोपी दिवस मनाउँदै आएका छन् । उनीहरूले ‘नेपाली बनौँ, नेपालीपनमै रमाऔँ’ भन्ने मूलनाराका साथ शुक्रबार वसन्तपुरमा ‘राष्ट्रिय टोपी दिवस’ मनाइएका छन्, अंग्रेजी नयाँ वर्षलाई नेपालीले उत्सवका रूपमा मनाइरहँदा ‘हाम्रो राष्ट्रिय पहिचान टोपीलाई नभुलौँ’ भन्ने कुराको सचेतनास्वरूप कार्यक्रम आयोजना गरिएको आयोजक मध्येका जागरुक युवा अभियान नेपाल संयोजक घनश्याम श्रेष्ठले बताएका छन् ।

कुनै औपचारिक तडकभडकका रूपमा नभई सामान्य तुल राखेर टोपी लगाएको तस्बिर खिचेर दिवस मनाइएको छ । नेपाली संस्कृतिको पहिचान जोगाउन यो अभियान गाउँगाउँसम्म पु¥याउनुपर्ने आयोजक मध्येका तेजेन्द्र श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा उपस्थित सर्वसाधारणले टोपी लगाएर तस्बिर खिचाएका थिए । पश्चिमा संस्कृतिले पेल्दै गइरहेको सन्दर्भमा ‘आफ्नोपनप्रति गर्व गरौँ, नेपाली उत्पादनको प्रवद्र्धन गरौँ’ भन्ने युवामा सन्देश प्रवाह गर्ने उद्देश्यले टोपी दिवस मनाइएको फोटो पत्रकार जनार्दन अर्यालले बताएका छन् । केही व्यावसायिक फोटो पत्रकारहरूले वसन्तपुरमा जम्मा भएर हरेक अंगे्रजी नयाँ वर्षका दिन टोपी दिवस मनाउँदै आएका छन् । राष्ट्रिय पोसाकका साथमा टोपी लगाएर तस्बिर खिच्ने तथा साथीभाइ जम्मा भएर चियापान गर्ने गरिन्छ ।

प्रतिक्रिया