स्ट्याचुबाट ‘फन्को’को प्रचार

thungdeकाठमाडौं । चलचित्र ‘फन्को’ ले प्रचारमा नयाँ शैली अपनाएको छ । प्रचारमा फरक शैली खोज्ने निर्माता नरेन्द्र महर्जनले आफ्नो नयाँ चलचित्र ‘फन्को’का लागि फेसबुकमा स्ट्याचु राखेर एउटा गजबको तरिका अपनाएका हुन् ।

उनको यो अभियानमा अहिले चलचित्रकर्मी र दर्शकले राम्रैसँग साथ दिइरहेका छन् । उनले सुरुआत गरेको यो अभियान अहिले प्रभावकारी पनि बन्दै गइरहेको छ । निर्माता महर्जनका अनुसार अब यी स्ट्याचुहरू देशका विभिन्न हलमा राखिनेछ । दर्शकलाई स्ट्याचुमा तस्बिर खिचाएर फेसबुकमा पोष्ट गर्न आग्रह गरिने उनको भनाइ छ । यो अभियानले दर्शकलाई हलसम्म तान्न मद्दत पु¥याउने विश्वास निर्माताले लिएको छ ।

सुवर्ण थापा निर्देशित यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, प्रियंका कार्की, केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म माघ १ गतेबाट देशभरका हलमा लाग्नेछ । (सौस)

प्रतिक्रिया