जिम्मेवारी वोध होस्

हामी अंग्रेजी क्यालेन्डरको पुरानो वर्षलाई बिदा गर्ने क्रममा छौँ । आधुनिकता र सञ्चारका कारण साँघुरिदैँ गएको विश्वमा हामी नेपाली पनि १ वैशाख र १ जनवरीलाई बराबरीको महत्व दिन थालेका छौँ । यसका सकरात्मक र नकरात्मक दुवै पाटा होलन्, त्यो भिन्न विषय हो । हरेक नयाँ वर्षको आगमनसँगै हामीले शुभकामनाको औपचारिकता पूरा गर्ने गरेका छौँ । हामीले जनवरी १ को आगमनमा पनि यसै खाले शुभकामना आदान प्रदान गर्नेछौँ, जसरी १ वैशाख ०७२ को आगमनमा पनि गरेका थियौँ । नयाँ वर्षको खुसियाली मनाएको ११ दिनपछि हामीले गणतन्त्र दिवस मनायौँ । वर्षका धेरै दिन दिवस मनाउनमै व्यस्त रहेका हामी नेपालीको जीवनमा त्यसको एक दिनपछि नै ठूलो बज्रपात प¥यो । १२ वैशाखको घटना सायद हामी नेपालीको वर्तमान पुस्ताका लागि सबैभन्दा ठूलो सामाजिक दुर्घटना हो । सम्झदँै कहालीलाग्दो र हाहाकार, थुप्रै आफन्तको निधन र कठिन दैनन्दिनीका साथ नेपालीले त्यसपछिका दिन बिताइरहेका छन् । त्यसै भूकम्पको एउटा सकरात्मक पाटो पनि देखियो । सबै नेपालीमा एक खाले मानवीय संवेदनाको भावना पलाएको थियो । हामी असल मानिस बनेका थियौँ । सामान्य नेपाली आफ्नो जीवन व्यतित गर्नमा व्यस्त हुन थालेपछि समस्यामा परेकाको समस्या हलतर्फ लाग्नु जिम्मेवार निकाय र राज्यका अंगहरूले आफ्नो जिम्मेवारी बिर्सिएका छन् ।

३ असोजमा हामी नेपाली फेरी एकपटक खुसीयालीमा रमाउन पुग्यौँ । वर्षौदेखि नेपालीले प्रतीक्षा गरेको जनताको संविधान पाएको खुसीयाली एक दिन पनि टिक्न पाएन । ४ असोजदेखि नै अघोषित नाकाबन्दीको सामना नेपालीले गरे । अहिले बजारको अवस्था नाकाबन्दीले भन्दा धेरै कालोबजारीले प्रभाव पारेको प्रस्ट देखिन्छ । जिम्मेवार निकायका थुप्रैको संलग्नताविना यो कालोबजारी सायद सम्भव हँुदैन नै होला । कसैले जिम्मेवारी लिन चाहेको छैन । हामी आम नेपाली समस्या परेका छौँ । राज्यको जिम्मेवार निकाय मौन आफ्नै धुनमा छ । सरकारका उच्च निकायकै व्यक्तिहरू आफ्नो स्वार्थ पूरा होस् भन्ने चाहना राख्दै वर्तमान समस्याको समाधान गर्न नचाहेको प्रस्ट देखिन्छ ।

घटनाक्रमले एउटा कुरा प्रस्ट पारेको छ । कुने दुर्घटनाको असर र प्रभाव सुरुआतमा सामान्य व्यक्तिलाई छुने हो । अभिजित वर्गलाई सुरुआतमा यसैको असर हँुदैन । काठमाडांै सहरमा सेतो प्लेट भएका गाडी कुद्न रोकिएका छैनन् । झन्डावाल गाडीलाई पनि यसको असर परेको छैन । सुरुआतको असर सामान्य जीवनयापनमा प¥यो । दोस्रो असर सामान्य व्यापार गर्नेलाई भयो । असर बढ्दो छ । नाकाबन्दी, कालोबजारी, अव्यवस्था र संकटको असर माथिल्लो निकायलाई पर्न अझ लामो समय लाग्ने देखिन्छ । समस्या समाधान गर्न सक्ने निकायमा यसको असर कहिले पर्ने हो थाहा छैन । सरकारी निकायका हरेक व्यक्ति बेतुकका विषयमा अल्मलिरहेका छन् । यस अवस्थामा आम नागरिक अमुक बनेका छन् । वर्ष २०१६ मा सबै आफ्नो जिम्मेवारीमा समेत बन्ने प्रेरणा मिलोस । नत्र आम व्यक्तिको संकट केही दिनमा र्नै कहालीलाग्दो बन्ने निश्चित भइसकेको छ ।

प्रतिक्रिया