अहिलेसम्मकै खराब नतिजा आउन सक्छ

dipak_bista copyदीपक विष्ट, तेक्वान्दो प्रशिक्षक

काठमाडौं । फेब्रुअरी ५ देखि १६ सम्म हुने सागमा नेपाली खेलकुदको हालसम्मकै खराब नतिजाको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । यसपटक सम्बन्धित निकायको बेवास्ता र कमजोर व्यवस्थापनले गर्दा खेलक्षेत्रमा नराम्रो नतिजा नआउला भन्न सकिन्नँ । नेपाली खेलकुद एतिहासमा दक्षिण एसियाली खेलकुदमा सबैभन्दा धेरै पदक जित्ने खेल तेक्वान्दो र कराते हो । तथापि एसियाली ओलम्पिक काउन्सिलले भारतमा करातेको विवादले गर्दा १२औँ सागमा कराते समावेश छैन । त्यसैले पनि दक्षिण एसियाली राष्ट्रमा हालसम्म पदक तालिकामा चौथो स्थानमा रहेको नेपाल यसपटक निकै पछि पर्न सक्छ । त्यसैले पनि तेक्वान्दोमाथि निकै जिम्मेवारी थपिएको छ ।

यसअघि हामी खेलकुदमा हालसम्म पनि सागका लागि कुनै राम्रो तयारी नहुनुमा नेपाल सरकारको खेलप्रति बेवास्ता गरेको देखिएको छ । पुरानै संस्कृति जस्तै सरकारले खेलका लागि बजेट नछुट्याउनुले खेलप्रति सरकार हेलचक्र्याए प्रस्ट बुझिन्छ । सागका लागि ११ करोड छुट्याएको सुने पनि त्यो किस्तामा आउने भएकोले खासै राम्रो तयारी हुन कठिन छ । राखेपले समयमा नै पहल गर्नुपर्छ । त्यसमाथि राष्टिय खेलकुद परिषद्ले पनि कुनै किसिमको सक्रियता देखाएको छैन् । फेब्रुअरी ५ देखि साग सुरु हुँदै छ । तर राखेपले क्लोज क्याम्प र बाह्य तालिम लागि काम सुरु नगर्नु सागका लागि अर्को दुर्भाग्य बन्न सक्छ । देशले जित्छ भनेर मात्र हँुदैन । त्यसका लागि तयारी राम्रो हुनुपर्दछ यसपटक पुनः १८ वर्षभन्दा पछाडि परिसकेका छौँ ।

आठौँ सागमा मात्र हामीले राम्रो नतिजा ल्याएका थियौँ । जसमा हामी दोस्रो भएका थियौँ । त्यही नै हाम्रो हालसम्मको उत्कृष्ट नतिजा हो । यसपटक भूकम्प, भारतको नाकाबन्दी र राजनीति अस्थिरताले खेलाडीको प्रशिक्षणमा धेरै बाधा पुगेको छ । त्यसमाथि कतिपय खेलले सागका लागि तालिम गर्ने ठाउँ नै नपाइरहेको अवस्था छ । त्यसैले राखेप, खेलकुद मन्त्रालय र नेपाल सरकारले समयमा नै होस पु¥याएर राम्रो रणनीति नअपनाए हामी ८ देशमा अन्तिममा पुग्न बाध्य हुनेछौँ । त्यसैले राखेप सभासमारोहभन्दा पनि सागको तयारीका लागि अघिबढ्नु पर्छ । (विष्ट सागका कीर्तीमानी खेलाडी हुन् । उनले सागमा लगातार ४ स्वर्णपदक जित्दै बैकुण्ठ मानन्धरको कीर्तिमान भंग गरेका थिए ।)

प्रतिक्रिया