सुशीललाई ‘बीच बाटो’ को आशा

sushil-and-jasminकाठमाडौं । ‘आगो’ फिल्मका नायक सुशील क्षेत्रीको नाम नेपाली चलचित्र हेर्ने दर्शकको मुखमा झुण्डिएको नाम हो ।

कुनै समय हिट चलचित्र दिने कुरामा सुशील निकै अगाडि देखिन्थे । सोझा, मिलनसार नायकको रूपमा चिनिएका सुशीलले अभिनय गरेका थुप्रै चलचित्र हिट छन् । तर, नेपाली चलचित्रको बदलिएको कथावस्तु र फेरिएको स्वादले सुशीललाई केही पछाडि धकेलिदिएको थियो । तर, पनि उनी नेपालमै बसेर चलचित्र यात्रामा लागि परेका छन् ।

यसबीचमा सुशीलले केही चलचित्रमा अभिनय गरे, जसको व्यापार बक्स अफिसमा शून्यता नै देखियो । उनै सुशीलको मुख्य भूमिका रहेको चलचित्र ‘बीच बाटो’ शुक्रबारबाट देशव्यापी रूपमा सिनेमा घरमा लाग्दैछ । ऋषि न्यौपानेले निर्देशन गरेको यो चलचित्रलाई राजेश शाहीले निर्माण गरेका हुन् । चलचित्रमा सुशीलको जोडीको रूपमा जस्मिन श्रेष्ठ देखिएकी छिन् । जस्मिनका लागि पनि यो चलचित्र विशेष बन्नेछ । विशेषगरी, सुशील क्षेत्री र जस्मिनलाई फिचरिङ गरिएको चलचित्रको ‘पप्पी देउन’ बोलको गीत अहिले चर्चामा छ । सुशील क्षेत्रीले आफ्ना फ्यानहरूलाई चलचित्रबाट सरप्राइज दिने विश्वास निर्देशक न्यौपानेको छ । ‘सुशीलको जुन क्रेज पहिले पर्दामा थियो । यो चलचित्रबाट उनले फेरि सोही क्रेज फर्काउन सक्छन् । निर्देशक न्यौपानेले भने, ‘हामीले पारिवारिक कथावस्तुमा सरल र राम्रो चलचित्र बनाएका छौ ।’ सुशील पनि चलचित्रबाट आशावादी देखिए । (सौस)

प्रतिक्रिया