चैतमा सविनको ३ फिल्म

ekai kalakar sabinकाठमाडौं । कुनै पनि कलाकारका लागि हलमा एकपछि अर्को चलचित्र आइरहनु सरसर्ती हेर्दा कलाकारका लागि यो फाइदाकै कुरा हुनेछ । तर, लगातार एउटै कलाकारको चलचित्र हलमा लाग्दा दर्शकले पत्याउने सम्भावना भने निकै कमजोर बन्छ ।

यसैले, कलाकारहरू एकपछि अर्को चलचित्र समय मिलाएर खेल्छन् र त्यही अनुसार प्रदर्शन पनि गर्छन् । तर, चैत महिनालाई हेर्ने हो भने नायक सविन श्रेष्ठको चलचित्र लगातार लाग्ने देखिएको छ ।

चैत महिनामा सविनले अभिनय गरेका तीन चलचित्र हलमा लाग्नेछन् । जसले, यी नायकलाई फाइदाभन्दा पनि बढी घाटा हुने देखिएको छ । सविनको चैत्र ५ गते ‘भाग सानी भाग’ नामक चलचित्र हलमा लाग्दै छ । यो चलचित्रबाट सविन श्रेष्ठ धेरै नै आत्मविश्वासी छन् । यस्तै, १२ चैतमा महँगो बजेटमा बनेको चलचित्र ‘लक्ष्य’ हलमा लाग्दै छ । सविनका लागि यो चलचित्र विशेष यसकारण छ कि, यो चलचित्र चल्नका लागि उनको क्रेज आवश्यक छ । नायिका रेखा थापासँग सविनले अभिनय गरेको चलचित्र ‘रामप्यारी’ चैत्र २६ गते लाग्दै छ । यो चलचित्रमा रेखाको क्रेजले सविनलाई ओझेलमा पार्न सक्छ । तैपनि, सविन लगातार हलमा देखिनेछन् ।

नेपाली चलचित्रमा नायकको कारण चलचित्रको डेट पक्का गरिने अवस्था छैन । यसैले पनि कलाकारहरू चलचित्रमा काम गर्नुलाई मात्र आफ्नो दायित्व ठानिरहेका छन् । (सौस)

प्रतिक्रिया