बाजुरामा कर्णाली रोजगार कार्यक्रम सुरु

बाजुरा, १३ पुस । बाजुरा जिल्लामा कर्णाली रोजगार कार्यक्रम लागू भएको छ । स्थानीय विकास अधिकारी अर्जुनप्रसाद सुवेदीको अध्यक्षतामा कोल्टी गाविसको कार्यालय भवनमा बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले सो कार्यक्रम लागू गर्ने निर्णय गरेको हो ।

वर्षमा १ सय दिन रोजगारी भएमा कुनै पनि व्यक्ति गरिबीको रेखाभन्दा माथि उठ्न सक्ने हुनाले रोेजगारी सिर्जना गर्ने लक्ष्य बमोजिम जिल्ला सदरमुकामको मूल सडकसँग जोड्नका लागि गाविस–गाविस जोड्ने सडकको डिटिएमपीमा परेका सडक मात्र छनोट गर्ने प्रावधान अनुसार कर्णाली रोजगार कार्यक्रमअन्तर्गत ५ ओटा कार्यक्रम छनोट गरेको स्थानीय विकास अधिकारी अर्जुनप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

नीतिगत व्यवस्था र स्थानीय स्वायत्त शासन ऐन बमोजिम जिल्ला सडक गुरुयोजनाले तोकेको डिटिएमपी अनुसार जिल्लाका १५ ओटा सडक खण्ड मध्ये मापदण्डमा परेका ५ वटा सडक निर्माण योजना छनोट गरेको कुरा राजनीतिक दलका प्रमुखहरूले जानकारी दिएका छन् । कर्णाली रोजगार कार्यक्रमको स्वीकृत वार्षिक कार्यक्रम श्रम प्रधान सडक निर्माण गर्न जिल्ला सडक गुरुयोजना बमोजिमका सडकलाई नीतिगत प्राथमिकता दिई कर्णाली अञ्चलका पाँच जिल्ला र नमूनाको रूपमा कर्णाली जिल्लासँग जोडिएको र समान प्रकृति भएको बाजुरा जिल्लालाई नमूनाको रूपमा छनोट गरिएको कुरा कर्णाली रोजगार कार्यक्रमका प्रमुख एवं स्थानीय विकास मन्त्रालयका उपसचिव सुमन घिमिरेले बताए ।

उनका अनुसार एक परिवार एक रोजगार, कुनै पनि किसिमको आयस्रोत नभएको र रोजगारी नभएको परिवारका सदस्यलाई परिचय पत्र वितरण गरेर मानव मार्फत निर्मित सडक काम गराउन यो कार्यक्रम लागू गरिएको कुरा घिमिरेले बताए । १ करोड ४० लाख रुपैयाँ यो आर्थिक वर्षमा विनियोजन गरिएको रकममा पिलुचौर जगननाथ सडक खण्ड ४० लाख रुपैयाँ, कोल्टी कोटिला सडक खण्ड २५ लाख, कोल्टी बुढीनन्दा सडक खण्ड २५ लाख, जुकोट वाई सडक खण्ड २५ लाख र पाण्डुसैन लिंक सडक २५ लाख रुपैयाँ  विनियोजन गरिएको छ ।

कर्णाली रोजगार कार्यक्रमका प्रमुख सुमन घिमिरेले उक्त कार्यक्रम स्वीकृत तथा छनोटमा एमालेका अध्यक्ष काली बहादुरशाही, एमाओवादी अध्यक्ष सहदेव बोगटी, कांगे्रस जिल्ला कार्य समिति सदस्यद्वय रामबहादुर बोहरा र नरेन्द्र रोकाया, राप्रपा नेपाल जिल्ला अध्यक्ष जीतबहादुर शाही, स्थानीय विकास अधिकारी अर्जुनप्रसाद सुवेदी, कर्णाली रोजगार कार्यक्रम प्रमुख एवं स्थानीय विकास मन्त्रालयका उपसचिव सुमन घिमिरे र जिल्ला प्राविधिक इन्जिनियर देवीप्रसाद पाण्डे लगायतको रोहवरमा भएको बताएका छन् ।

सधँै भैm रोग, शोक, भोक र पीडामा रहेको बाजुराका जनता यो साता भने कर्णाली रोजगार कार्यक्रम लागू भएपछि खुसी भएका  छन् । जिल्लामा हरेक गोष्ठी बैठक सभासमारोह हुन्थ्ये तर यो क्षेत्रमा भने कहिले पनि हँुदैन थियो । यो साता भने जिल्ला स्तरीय राजनीतिकदलका प्रमुख स्थानीय विकास अधिकारीलगायतको सर्वदलीय बैठकसमेत कोल्टीमै सञ्चालन भएकाले अझ खुसी थपिएको हो । अझ बैठकले कुण्डालीका जनताका पक्षमा निर्णय गरेकाले यो क्षेत्रका जनता निकै हौसिएका हुन् । जिल्लाका सबै बैठकले सबै निर्णय यो क्षेत्रका लागि घातक गरिरहने गथ्र्यो । परखे साद लगाइन्थ्यो हुम्ली जुम्ली भन्दै उपमा हेरिन्थ्यो तर यो साताको बैठकले कुण्डालीको जनताको पक्षेमा निर्णय गरेको छ । बैठकले बाजुरा जिल्लामा आएको कर्णाली रोजगार कार्यक्रम यसै कुण्डामा लागू भएको छ ।

प्रतिक्रिया