काभ्रेमा पोसाक दिवस

बनेपा । ‘नेपाली पोसाक लगाऔँ, राष्ट्रियता जोगाऔँ’ भन्ने नारासहित सदा झै यो वर्ष पनि जनवरी १ लाई नेपाली पोसाक लगाउने दिनका रूपमा मनाउन तयारी भइरहेको बेला काभ्रेमा पनि यसको चर्चा चल्न थालेको छ ।

नेपाल र नेपालीहरूको राष्ट्रियता संकटमा पर्न थालेको आम नेपालीले महसुस गरिरहेको बेला काभ्रेमा भने पोसाक प्रदर्शन गर्ने तयारी रहेको छ । नेपालको संविधानप्रति असन्तुष्टी जनाउँदै भारतले नेपालप्रति ३ महिना अघिदेखि अघोषित नाकाबन्दी लगाउँदै आएको छ । छिमेकी राष्ट्र भारतको यस्तो रवैयाप्रति आम नेपालीले असन्तुष्टी जनाउँदै राष्ट्रियता जोगाउने र आत्मनिर्भर हुने अभियान चलाउँदै आएका छन् । यसै क्रममा हामीले राष्ट्रिय पोसाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि जनवरी १ लाई नेपाली पोसाक लगाउने दिनका रूपमा मनाउने प्रयास गरेका विज्ञप्तीमा भनिएको छ । (सौस)

प्रतिक्रिया