रवीन्द्रको युवासँग काव्यविमर्श

Bimarshama Rabindra Mishraकाठमाडौं, १२ पुस । बीबीसी नेपाली सेवाकाप्रमुख रवीन्द्र मिश्रले शनिबार युवाहरुसँग काव्यविमर्श गरेका छन् । विमर्श नेपाल र चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा उनले करीब दुई घन्टा आफ्ना प्रकाशित र अप्रकाशित कविता समेत सुनाएका छन् ।

उनले पाप, आज राती बाह्रबजे, क्रान्ति, म पत्रकार हुँ लगायतका एकदर्जन कविता सुनाएका ठिए । पत्रकारिता आफ्नो पेशा भएपनि सहित्य साधनामा कवितालाई नै मुख्य विधा बनाएको उनको भनाइ थियो । उत्साहित मुद्रामा देखिएका मिश्रका कविता युवाहरुले निकै रुचिपूर्वक सुनेकाथिए ।

भूकम्प, आमा लगायतका अप्रकाशित कविता आफ्नो आगामी कृतिमा समेटिने जानकारी दिदै उनले । कार्यक्रममा कवि तथा समालोचक महेश पौड्यालले मिश्रका कविता शक्तिशाली रहेको बताएका छन् । विमर्श नेपालका अध्यक्ष किरण भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रज्ज्वल अधिकारीले गरेकाथिए । समारोहमा चैतन्य इन्स्टिच्युटका प्रमुख गणेश जोशीले स्वागत मन्तब्य राखेका थिए । विमर्श नेपालले आफ्नो मासिक साहित्यक श्रृङ्खाला अन्तर्गत पहिलो कार्यक्रममा मिश्रलाई आमन्त्रण गरेको थियो ।

प्रतिक्रिया