चिसोले कठ्याङ्ग्रीएर मृत्यु

धनकुटा ११ पुस । धनकुटाको ताङ्खुवामा चिसोले कठ्याङ्ग्रीएर एक जनाको मृत्यु भएको छ । हात्तिखर्क ८ का ४० बर्षिय नेत्र बहादुर राना मगरको चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको जिल्लाप्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रहरीकाअनुसार मृतक मगर ताङ्खुवाका जनकसिंह लिम्बुको घरमा घरयसी कामदारको रुपमा कामगर्दै आएका थिए । काम सकेर बिहिबार वेलुका घर हिडेका मगर शुक्रवार बिहान ताङ्खुवा ८ स्थित भीरको बाटोमा मृत फेला परेकाहुन । स्थानीयले शुक्रवार बिहान बाटोमा मगरलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए । अत्याधिक जाडोको समयमा पनि उनले एउटा भेष्ट र पेन्ट मात्र लगाएका थिए ।

जिल्लाप्रहरी प्रवक्ता बिमल बस्नेतले जाडोको समयमा अत्याधिक मादकपदार्थ सेवन गरेर घर फर्कदै गर्दा राति बाटोमै सुतेको अवस्थामा चिसोले कठ्याङ्ग्रीएर उनको मृत्यु भएको हुनसक्ने बताएका छन् । मृतकको सवलाई पोष्ट मार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया