चलचित्र विरुद्ध भाजपाको नाराबाजी

मुम्वई । शुक्रबारबाट विश्वव्यापी रिलिजमा आएको दुई बलिउड चलचित्र ‘बाजिराव मस्तानी’ र ‘दिलवाले’ विरुद्ध आफ्नै देशमा प्रदर्शन भएको छ ।

रणवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपडा अभिनित बाजिराव मस्तानीविरुद्ध भारतीय जनता पार्टीले नाराबाजी नै गरेको छ भने कैयौं ठाउँका फिल्मको प्रदर्शन स्थगित भएका छन् । भाजपाका एक सांसदले सिर्जनात्मक स्वतन्त्रताका नाममा निर्देशकले इतिहास नै उल्टो बनाइदिएको आरोप लगाउदै प्रदर्शन नै रोकेको बताएका छन् ।

उनले फिल्ममा पेश गरिएको ऐतिहासिक कथा तर्कसंगत नभएको बताएका छन् भने ‘पिंगा’ शैलीको एक मराठी नृत्यलाई आइटम गीत बनाएर निर्देशकले सँस्कृतिको अपमान गरेको बताएका छन् ।उता, शाहरुख खान र काजोल अभिनित दिलवाले भने शाहरुखले केही समयअघि भारत असहिष्णु भएको भन्दै दिएको बयानका कारण चेपुवामा परेको छ । त्यसो त, उनले केही समयअघि नै माफी मागिसकेका थिए तर, भारतीय हिन्दुवादी संगठनहरुले शाहरुख खान र दिलवालेविरुद्ध प्रदर्शन गरेका छन् । दिल्ली, भोपाल, गोरखपुरजस्ता ठूला सहरमा समेत दिलवालेविरुद्ध प्रदर्शन भइरहेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया