केही कविता

चन्द्रिकोत्सव

rekha ravi

 

 

 

 

 

– रेखा “क्षितिज”

दिक्तेल–२, खोटाङ

समयको बुई चढेर
दौडी रहेको मनको रहर
थकाइको सुनामीले हारेन
आगोको ज्वालामा बगर भै खरिएं
कुइरोले ढाकिरहेको भाग्य खोतल्न ।।
पलपल गन्तव्य हराएर
तकदिरको श्री थुप्रै पटक चोइटाएं
थाहा छैन के ले दियो यसरी ठेस??
वैरागी सालको पात भएर
हुरूरू झरिरहें भुंइतिर ।।
यध्यपि समयले बांधेको साङलोसंगै
उक्लन खोजे सिंढीहरू जवरजस्ती
सिर्फ चारैतिरबाट कोतरिएछु मात्र
मलाई घाम डुवेको सांझ मन पर्दैन
दूर्भाग्य आफै सांझ भई
डुव्न लागेको थाहा भएन ।।
अ हो कति ढिलो आंखा
खुलेछ यो डुव्न लागेको सांझ !
कांधमा नयां युग हालेर
हिड्नु पर्थ्यो,
जंगली कांडाहरूसंगै
पौठाजोरी खेल्दै
हराएछु यही कतै
धत अझ्झै पनि हुन्न
अलमल गर्नु
यो छोटो समय
यो डुव्न लागेको सांझ
अलिकति लम्किए भने
म नडुव्दै भविष्यका मुनाहरूमा
खुशिको चन्द्रिकोत्सव
मनाइ छाडौला ।

00000

गाई र हँसिया हथौडा

sanken

 

 

 

 

– साङ्केन बान्तावा

एक समय थुप्रै थिए
तातो आरनमा अर्जापिएका
हँसिया हथौंडा
जसले काँडाहरु काटेर
फूलैफूल उमार्छौं भन्थे
झोँडघारी फाडेर
गाउँबस्ती सिंगार्छौ भन्थे
जड ऐतिहासिक चट्टान फोडेर
आधुनिक घरको जग हाल्छांै भन्थे ।

तर हिजो आज हथौडा
गाई गोठ बनाउनमै व्यस्त छ
हँसिया पनि
हरियो घाँस काट्न मै व्यस्त भो
र काँडाहरु बग्रेल्ती पलाएका छन्
झाडीहरु मौलाएका छन्
फेरि चाहिएको छ नयाँ हँसिया हथौडा
जसले काँडा मात्र काटोस्
झाडी मात्र फाडोस्
ऐतिहासिक चट्टान फोडेर
साँच्चै नयाँ घरहरुको निर्माण गरोस्
तर अब हँसिया हथौडा अर्जाप्ने कहाँ ?

हँसिया घाँसमा अल्झेको छ
घाँस गाईको मुखमा
गाई गोठमा सुरक्षित छ
जहाँ अहिले गोठ छ
त्यहाँ पहिले आरन थियो ।

00000

तपाईं सरकार !

nakara

 

 

 

 

 

नाकारा,
खोटाङ

१,
तपाईं सरकार !
भगाउनुस त्यो खिसियुक्त दृष्टि म बाट(
मलाइ पनि थाह छ क्या
हिउद लागेकै हो
ओड्नु पर्ने हो
बाक्लो ज्याकेट , टोपी , पन्जा र
भित्रि बाहिरी ट्राउजरहरु
तर, तपाइलाई थाहै छ (
कि म यो वर्स कुन तापले शरीर न्यानो पारिरहेकोछु ।?
र किनेको छुइन ज्याकेट ,टोपी , पन्जा र ट्राउजरहरु ?

२,
तपाईं सरकार !
एउटा सुचना सुन्नुभएको छ के !? (
“ मैले मेरो देशमा एउटा निरो भेटेको छु “
तपाइको अनुहारको प्रस्ट रुप छ त्यहा के तपाइको अनुहार हराएको थियो ?
जसको भविश्य
जारशाहको जस्तै छ “

३,
तपाईं सरकार !
अचम्म नमान्नुस के
यो मेरो लाइटर यस्तै हो
मात्र रु पाच पर्छ
र सिर्फ फुक्छ यसले आगो चुल्होमा
जहाँ पाक्छ नुन भुटुन बिनाको
खल्लो करेलाको चाना र ढिडो
तर, तपाईं सरकार थाहा पाउनु भाछ के !
यो भरिएकोछ आगोको करोडौ झिल्काहरुले र
लाखौ लप्काहरुले !

४,
तपाईं सरकार !
म तिर फर्केर के नाक थुनेको ??
मेरो शरिरको गन्द
कुनै बङ्खरको पाद हैन क्या
तपाईंले के बुझ पाचाको ?
पसिना पोतिएको हो
मैले तपाइकै कुर्सी बनाइदिदा
र अहिले धोका पाए पछि
बनाइरहेकोछु देश !

प्रतिक्रिया