सामाजबादी अर्थनीतिदेखि आध्यात्मीक अभियानसम्म

tolstoyसदावहार रुषी लेखक लीयो टाल्सटायको जन्म सन् १८२८ मा भएको हो । रुषी साहित्यका मुर्धन्य पुरुष टाल्सटाय बिशेषत उपन्यासमा अग्रणी थिए । भिन्न ढंगका आरोह अवरोहको साथ जीवन विताएका टाल्सटायका वार एन्ड पिस सबैभन्दा चर्चामा रहेको कृति हो । अन्ना केरेनीना उनको त्यत्तीकै चर्चामा रहको कृतिको रूपमा रह्यो । तथापी उनी साहित्यिक यात्रामा सुरुवातमा आत्मबृतान्तमा बढी सफल देखिएका थिए । उनका सुरुवाती दिनका केही कृति सेमी अटोबायोग्राफीको रूपमा पनि चर्चामा रहेका छन् ।

हरेक मान्छेले जीवनमा यावत आरोह–अवरोह भागेकै हुन्छ । जन्मनु, बाल्यकाल विताउनु, युवा हनु र प्रौढ हुनु हरेकजसो मानिसका जीवनका पाटा हुन् । तर, टाल्सटाय आफ्ना जीन्दगीका तीनै समयका अनुभवलाई भिन्न रूपले चित्रण गर्दै आफूलाई लोकप्रीय लेखको रुमपा स्थापित गर्न सफल भए । उनका चाइल्ड हुड, ब्वाइ हुड र युथ सर्वाधिक लोकप्रिय रहे । यसैगरी, उनी क्रेमिनाको युद्धलाई चित्रण गर्दै साहित्यिक जीवनमा पनि लोकप्रीयता कमाउन सफल भए । मस्को नजिकै पोलायानामा उनी जन्मिएका थिए । सन् १८५७ देखि युरोप भ्रमणमा रहेका उनले सन् १९६१ मा भिक्टर ह््युगोलाई भेटे । त्यसपछि उनी अत्याधिक प्रभावित भएका थिए । सन् १९१० मा निधन भए पछि उनको शोक सभामा उपश्थित ठूलो समूहलाई संम्हाल्न पनि प्रशासनले कठिन मिहेनत गरेको थियो ।

tols3सन् १८६२ सेप्टेम्बर २३ मा उनले सोफीभा आन्द्रेभेस बिहारेस सँग विवाह गरे । १६ बर्षका फरक रहको यो जोडीबाट १३ बच्चा जन्मीए । जस मध्ये ८ जना मात्र जीवित रहे । लीयो टाल्सटायको बैबाहीक जीवन विबादमुक्त भने हुन सकेन । साहित्यिक रूपले उनले वार एन्ड पिस र अन्ना केरेनीना लेखे । हाड्जी मुरदा र देथ अफ इभान लीचको सफलता पछि टाल्सटाको युग रुषी साहित्यमा नयाँ क्रान्तिको युगको रूपमा चिनिन थालियो । गुस्ताभो पुरेट र एन्थन चकभजस्ता साहित्यकार समेत उनीबाट अत्यन्त प्रभावित भए । उनका सुरुवाती कृति आत्मबृतान्तले बर्गी विभेदलाई प्रस्ट पारेको थियो । सेनामा आबद्ध उनका अनुभव पनि साहित्यिक यात्रामा अत्यन्त उपयोगी भयो । वार एन्ड पिस यसैको एक उदाहरण हो ।

ऐतिहासिक विषयलाई कलात्मक रूपमा प्रस्तुत गरिएको वार एन्ड पिसमा नेपोलियनका उदयका विषयदेखि अलेक्जेन्डरको कार्यकालको समेत ब्याख्या गरिएको छ । उनको धार्मिक र सामाजिक विषयका कृतिहरु पनि त्यत्तिकै सफल रहे । क्रन्तिकारी रहेका टाल्सटायले आफ्नो जीवनमा बौद्ध, हिन्दु र इसाइ धर्मका विभिन्न परम्पराको समेत ब्याख्या गरेका छन् । उनैले आफ्नो साहित्यिक कृतिमा राजकुमारको रूपमा जन्मीएका गौतम बुद्धले मानवताका लागि गरेको समर्पणको पनि ब्याख्या गरेका छन् । सन् १८८४ मा उनले लेखेको ह्वाट आइ विलिभ त्यत्तिकै चर्चामा रह्यो । जुन कृतिमा जिसस क्राइस्ट प्रतिको बिश्वास ब्यक्त गरिएको थियो । उनी शान्तीप्रीय रहेका कारण धर्म हिंसा बिरोधी भएको कुरा उठाउँदै जीवनका धेरै समय विताए । विभिन्न शक्ति केन्द्रलाई यो कुरा अस्वीकार्य भएपछि उनलाई चेतावनीको पत्र समेत आएको थियो ।

लीयो टास्लटायको बिशेषता उनी संसारका प्राइ भागको भुगाले र त्यहाँको संस्कृतिको बारे जानकार थिए । उनलाई प्राइ भूगोलका शिर्ष पुरुषको बारे जानकारी थियो । उनी रुषी भए पनि दक्षिण एसियाली समाज र राजनीतिमा त्यत्तिकै जानकार थिए । यसै कारण उनी महात्मा गान्धी पनि उनीबाट प्रभावित भएको पनि जनाइन्छ ।

उनी शान्तीप्रीय भए पनि आर्थिक विषयमा अत्याधिक क्रान्तीकारी चरित्रका थिए । जमिनमा ब्यक्तिको स्वामीत्वको उनी विरोधी थिए । उनले थुप्रै लेख यसै विषयमा केन्द्रित भएर लेखे । क्रान्तीकारी जीवन बिताएका टाल्सटायको जीवनको उतराद्र्धमा अध्यात्मीक भएका हुन् । पछि उनले एउटा क्रिष्चीयन समूह भ्लाडिमिर चट्कोभ तयार गरेर धार्मिक अभियानमा आफूलाई सक्रिय बनाए । यसै सन्दर्भ पछि उनको चर्चित कृति मास्टर एन्ड म्यान तयार भएको हो ।

सन् १९०८ मा उनले लेटर टु हिन्दु लेखेका थिए । बेलायती साम्राज्यबाट मुक्त भारतको जस टाल्सटायलाई नै दिनु पर्ने मत पनि धेरै इतिहासकारहरुको छ । उनले त्यो पत्रमा भारतमा शान्तीपूर्वक आन्दोलन भए पनि स्वतन्त्रताको संम्भव भएको उल्लेख गरिएको थियो । यसै पत्र पछि महात्मा गान्धीले पढेर सुनाएका थिए । टाल्सटायले नै लेखेका द किंगडम अफ गड विदिन युबाट गान्धी धेरै प्रभावित भए । उनी यसै अध्यान पछि नयाँ योजनामा लागेका थिए ।

सन् १९०९ मा टाल्सटायसँग चिनजान भएका गान्धीले उनी मरे पछि पनि दक्षिण अफ्रिकामा रहेको आफ्नो कोलोनीको नाम उनकै नामबाट राखे । साम्राज्य विरोधी नीति भएकै कारण ठूलो शक्ति उनको विरुद्धमा लागिरहे । माहात्मा गान्धीबाट उनी यत्ति धेरै प्रभावित भए की टाल्सटाय र गान्धी दुवै अहिंसाका पक्षपाती त भइ नै हाले शाकाहारी समेत भए ।

जीन्दगीको पछिल्लो समयमा उनी आर्थिक सवालमा केन्द्रित भए । हेन्री जर्ज उनी मिलेर जमिनमा ब्यक्तिको स्वामीत्वको विरुद्धमा आवाज उठाउँदै गए । रुषमा यसलाई जर्जीयन अभियानको रुपमा चिनिन थालीयो । टाल्सटायले नै समाजबादी अर्थ नीतिलाई माथि गएर १९औँ शताब्दीको मध्यमा नयाँ स्वरूप लिंदै संसारमै लोकप्रीय भएको थियो ।

सन् १९०९ मा टाल्सटायको बारे द लास्टटेसन चलचित्र बनेको थियो । जे पारीनीले लेखेको उपन्यासामा आधारित भएर चलचित्र तयार भएको थियो । यसको निर्देशन माइकल हप म्यानले गरेका थिए । यसैगरी, टाल्सटायको रूपमा क्रस्टोफर प्लम्बर र हेलन मिररले उनकी श्रीमती सोफीयाको टाल्टायको भूमिका निभाएका थिए । यी दुवै कलाकार अस्कर अवार्डका लागि मनोनयनमा समेत परे । उनका बारे अन्य चलचित्र पनि बन्यो । उनको निधन भएको २ बर्ष पछि सन् १९१२ मा हाउ फाइन र १९१३ फ्रेस द रोज वेर चलचित्र बने । यसैगरी, सन् १९८४ मा सर्जी गरेसिमोभको निर्देशनमा टाल्सटाय बनेको थियो ।

प्रतिक्रिया