काभ्रे एमालेमा वाइबा

काभ्रे, २ पुस । नेकपा (एमाले) काभ्रेपलाञ्चोक जिल्लाको नवौँ जिल्ला अधिवेशनले टोपबहादुर वाइबाको नेतृत्वमा नयाँ जिल्ला समितिको चयन गरेको छ । एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षधरका वाइवाले अध्यक्ष पदमा ५५७ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्व ओली पक्षका भीम न्यौपानेले ५३६ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा अशोक व्याञ्जु, सचिवमा नारायणप्रसाद पाण्डे, उपसचिवमा इन्द्रबहादुर तामाङसहित ओलीपक्षको प्यानल विजयी भएको छ । ७७ पदमध्ये ७० पदमा ओली पक्षले विजय हासिल गरेको छ ।

नेतृत्वका लागि जिल्लामा सहमति नभएपछि वरिष्ठ नेता माधव नेपाल पक्षधर र अध्यक्ष ओली पक्षधरको दुई छुट्टछुट्टै प्यानल बनाएर निर्वाचन भएको हो ।

प्रतिक्रिया