प्रहरीलाई रेडियो पत्रकारिता तालिम

pahthr policeपाँचथर, २ पुस । जिल्ला प्रहरी कार्यालय पाँचथरले प्रहरी कर्मचारीहरूलाई ५ दिनको रेडियो पत्रकारिता तालिम दिएको छ । जनजाति पत्रकार संघका जिल्ला अध्यक्ष कबिन्द्र शेर्माले उनीहरूलाई प्रशिक्षण दिएका थिए ।

कार्यालयले रेडियो उत्पादन कार्यक्रमसम्बन्धी अनुशिक्षण तालिम बिहीबार सम्पन्न भएको छ । रेडियो तालिममा प्रहरी जवान ७ जनाको सहभागिता रहेको थियो । तालिम मंसिर २७ गतेदेखि सुरु भएको हो ।

जिल्ला प्रहरी कार्यालयको रेडियो कार्यक्रमका प्रस्तोता र क्षमता विकास लागि तालिममा सहभागी हुनेहरू प्रहरी जवान अशोक आचार्य, सन्तोषी थापा, भूपाल क्षत्री, यमबहादुर बस्नेत, ललितकूमार चौधरी, काजिमान लिम्बू र रामकुमार कटुवाल रहेका थिए ।

सहभागीहरूलाई समापनमा प्रमाणपत्र पाँचथर जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले प्रदान गरेका छन् । जिल्ला प्रहरी पाँचथरले गर्ने काम र कर्तव्यको बारे, अपराधसम्बन्धी, साथै सुरक्षालगायत स्थानीय रेडियो इगल, सिंहलिला, एफएमबाट प्रसारण भइरहेको छ । सूचना लिन र दिन पनि सहजिलो हुने भएकाले आधारभूत रेडियो पत्रकारिता तालिम दिलाएको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाको भनाइ रहेको छ ।

प्रतिक्रिया