अस्पतालको लापरबाहीले विरामीको मृत्यु

aspatalकाभ्रे, १ पुस । काभ्रेको धुलिखेल स्थीत धुलिखेल अस्पतालमा शल्यक्रियाको क्रममा डाक्टरबाट भएको गल्तीका कारण १ महिलाको ज्यान गएको छ । पित्तथैलीको अपरेसनका लागि गत २६ मंसिरमा अस्पताल भर्ना भएकी ३१ बर्षीया सुमित्रा काफ्लेको बुधबाबार बिहान ज्यान गएको हो । सूर्यबिनायक–७ भक्तपुर घर भएकी काफ्लेको कलेजोमा रगत जमेका कारण निधन भएको अस्पताल श्रोतले जनाएको छ ।

पित्तथैलीको शल्यक्रिया गर्ने क्रममा चिकित्सकहरूले गरेको कमजोरीका कारण मृत्यु भएको स्वीकार्दै अस्पतालले मृतकका बालबालिकाको लालनपालन र उच्च शिक्षासम्म सहयोग गर्ने लिखित सहमति गरेको छ । अस्पताल प्रशासनले गल्ती भएको स्वीकार्दै उपचारमा संलग्न चिकित्सकीय टोली माथि आवश्यक कार्वाही गर्ने बताएको छ । अस्पतालले मृतकको २ महिनाको नाबालक सौहार्दको लालनपालनको लागि एकमुष्ट ५ लाख रूपैयाँ रकम जम्मा गर्ने ११ बर्षीय छोरी श्रीजिका र ६ बर्षीय छोरी सौरभीलाई उच्च शिक्षासम्म सहयोग गर्ने सहमति गरेको छ । अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. बलराम मल्ल, प्रबन्धक दिपक दाहाल र प्रशासकीय अधिकृत डेनीजंग थापाले सहमती पत्रमा हस्ताक्षर गरेको छन् ।

अस्पतालका जनरल सर्जन डा. सगुन माकजू र डा. अमित सिहं सहितको टोलीले उनको शल्यक्रिया गरेको थियो । डाक्टरको लापार्वाहीको कारण विरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले केहीबेर मुल गेटमा ताला समेत लगाएका थिए ।

प्रतिक्रिया