‘प्याकेजकै सहमति हुनुपर्छ’

वीरगञ्ज, १ पुस । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसद्मा प्रस्तुत संविधान संशोधनसम्वन्धी प्रस्तावले मधेस आन्दोलनका मागलाई संम्बोधन गर्न नसक्ने भएकाले एकमुष्टरूपमा सहमति खोज्न सरकारसँग आग्रह गरेका छन् । सो पार्टीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको विरोधका बाबजुद पनि सरकारले मंगलबारको संसद् बैठकमा सो विधेयक पेस गरेकोमा आपत्ति जनाए ।

अध्यक्ष ठाकुरले मधेसी जनताको माग र भावना विपरित सरकारले सो विधेयक संसद्मा पेस गरेर मोर्चासँग वार्ता र संवादको वातावरण बिगार्ने काममा लागेको आरोप लगाउ“दै विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म वार्ता सफल नहुने बताए । मधेसका नागरिकलाई वास्तविक नागरिक नमान्ने र उनीहरूको आस्थामाथि सधैं प्रश्न गर्ने चलन विरुद्ध यो आन्दोलन हो । उनले भने, ‘मधेसलाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहन्छ ।’

अध्यक्ष ठाकुरले आपूmहरूको माग संम्बोधन नभएसम्म सडक र सदन दुबैतर्फबाट सशक्त विरोध जनाउने बताउ“दै समानुपातिक र समावेशी सिद्धान्तलाई व्यवहारिक कार्यान्वयन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र प्रदेशको सिमांकनलगायतका विषयमा सरकारले स्पष्ट धारणा नल्याएसम्म वार्ता सफल हुन नसक्ने स्पष्ट पारे । अधिकार र अवसरको प्राप्ति तथा विभेद विरुद्धको यो आन्दोलनलाई निर्णायक तहमा नपु¥याएसम्म हामी शान्त भएर बस्न सक्दैनौँ भन्दै उनले विगतभन्दा अझ बढी सशक्त, व्यवस्थित र प्रभावकारीरूपमा आन्दोलन अगाडि बढाउनका लागि सम्बन्धीत सबै पक्षसँग आग्रह पनि गरे ।

प्रतिक्रिया