आर्यनलाई पनि छोयो नाकाबन्दीले

aryanकाठमाडौं । भारतको अघोषित नाकाबन्दीका काराण सारा नेपाली जनता निकै समस्यामा छन् । विषेशगरी इन्धन र ग्यासको अभावमा प्रायः सबै नेपलीको दैनिकी प्रभावित बनेको छ । जुन नाकाबन्दीले नेपाली सेलिब्रेटीलाई पनि समस्या नपार्ने त कुरै भएन ।

हालै क्लासिक चलचित्रको सुटिङ सकेर घरमा समय बिताएका आर्यन सिग्देललाई पनि नाकाबन्दीको असरले छोएको छ । ग्यासको अभावमा उनले आपैmँले आगो बालेर दाउरामा खाना पकाउँदै छन् । आफ्नो फेसबुकमा हुस्सु लागेको बिहानको चिसो समयमा आगोमा पकाएको खाना कति मीठो हुन्छ भन्दै आफना भावनाहरू सेयर गरेका हुन् । क्लासिकको कामबाट समय मिलेपछि घरमा उनले दाउरा बालेर खाना पकाउँदै मजा लिइरहेका छन् । उनको हातमा ढुङग्रो देख्दा साँच्चै उनलाई नाकाबन्दीले मजैले छोएछ भन्ने प्रस्ट पार्छ । आर्यन मात्र होइन नेपालका अन्य कलाकार पनि यसरी नै आप्mनो दैनिकी चलाइरहेका छन् । (सौस)

प्रतिक्रिया