क्रिकेटको विवाद झन् बढ्यो

cricket bibadकाठमाडौं, २८ मंसिर । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन प्रक्रिया सुरु हुँदा सोमबार त्यसले झडपको स्थिति सिर्जना ग¥यो । सभासद् तथा नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख धनराज गुरुङले साधारणसभाको उद्घाटन गर्दै सम्बोधन गरेपछि क्यानका उपाध्यक्ष चतुरबहादुर चन्दले बन्दसत्रको घोषण गर्ने क्रममा असन्तुष्ट पक्ष टंक आङबुहाङ र उपाध्यक्ष केशव घिमिरेलगायतका एक समूहले अवैधानिक रूपमा निर्वाचन गर्न लागेको भन्दै प्रक्रिया बिथोल्न खोजे । विरोधमा अध्यक्ष भने देखिएका थिएनन् ।

यसअघि नै अध्यक्ष आङबुहाङले निर्वाचनबारे आपूmलाई केही थाहा नभएको बताइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले पनि तत्कालका लागि साधारणसभा रोक्न निर्देशन दिइसकेको थियो । सोमबार पनि असन्तुष्ट पक्षले परिषद्ले पठाएको उक्त पत्र साधारणसभामा पढेर सुनाएका थिए । चन्द पक्षधरले त्यस्तो पत्र आपूmहरूलाई तीनपटक आइसकेको बताउँदै त्यसको कुनै अर्थ नहुने बताएको छ । जसका कारण परिषद्ले निर्वाचनका लागि निर्वाचन समिति नै पठाएको थिएन् । जसको कारण चन्द पक्षले क्यानमा भएको विधानलाई साधारणसभामार्फत परिवर्तन गरेर खेलकुद संघ निर्वाचन ऐनको उल्लंघन गर्ने तयारी समेत गरेको छ । तर, सभासद् नै प्रमुख अतिथि रहेको कार्यक्रममा करिब ३ दर्जन सुरक्षाकर्मीले नारावाजी गरिरहेका उपाध्यक्ष घिमिरेलगायत असन्तुष्ट हुललाई हलबाट बाहिर निकालेको थियो ।

राखेप आऊ क्रिकेट बचाऊ र अवैधानिक किसिमको साधारणसभा रोक्न नारावाजी गरेका थिए । घिमिरेले अध्यक्षविनाको साधारणसभाको कुनै अर्थ नहुने प्रतिक्रिया दिए । यसअघि राखेपले क्यानका अध्यक्ष टंक आंबुहाङलेसमेत चुनावीसभा रोक्न गरेको आग्रहअनुसार राखेपले तेस्रोपटक साधारणसभा रोक्न आदेश दिएको हो । यसअघि कात्तिक १३ र २१ देखि हुने साधारणसभा तथा मंसिर ६ गते नै साधारणसभा रोक्न निर्देशन दिएको थियो ।

यस साधारणसभामा अन्तर्राट्रिय क्रिकेट परिषद् (आइसिसी) र एसियाली क्रिकेट परिषद् (एसिसी)का प्रतिनिधिका साथै राखेपका प्रतिनिधिसमेत छैनन् । राखेप निर्वाचन समितिका प्रतिनिधिसमेत नहुँदा यो समितिले मान्यता पाउने सम्भावना छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्न निर्देशन दिए पनि मंगलबार बेलुका बन्दसत्र सुरु भएको थियो ।

चुनावी प्रतिनिधि छनोट पारदर्शी नभएको, संघभित्रको आर्थिक अनियमितता, प्रशासनिक एवं व्यवस्थापकीय कमजोरीमा चित्तबुझ्दो जवाफ नपाएको भन्दै राखेपले साधारणसभा रोक्न निर्देशन दिएको थियो । तथापि क्यानका उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतको पक्षले काठमाडौंको राजघरानामा चुनावी साधारणसभा गरेका थिए । उपाध्यक्षद्वय केशव घिमिरे र सुनील अमात्यले राखेपले पठाएको पत्र वाचन गर्न पाउनुपर्ने माग गरेपछि होहल्ला हुँदा प्रहरीले हस्तक्षेप गरेको हो ।

अध्यक्ष आबुहाङसहितको समूह उपस्थित नभएको क्यानको साधारणसभामा ३४ जिल्ला, ९ क्षेत्र र २६ केन्द्रीय समिति गरी ८३ मध्ये ७१ जना सहभागी रहेको ठोकुवा गरिएको छ । तर, हलमा त्यो संख्यामा निर्वाचन प्रतिनिधि भने देखिएका थिएनन् । तथापि एमालेले क्रिकेट संघको अध्यक्षमा पार्टीका सचिव योगेश्वर भट्टराईलाई ल्याउन सदस्यसचिवलाई नै प्रयोग गरेर निर्वाचन रोक्न लागेको चन्द पक्षले आरोप लगाएका छन् ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले यो निर्वाचन प्रक्रिया अवैधानिक रहेको र यसबारे राखेपले यसअघि निर्वाचन रोक्न क्यानलाई पत्रचार गरिसकेको बताए । कसैले घरेलु विधान बनाएर काम खेलकुदको परिषद्को ऐनलाई लत्याए त्यो आफूहरूलाई मान्य नहुने बताए । त्यो संघ राखेपको कुनै पनि कुनामा नअटाउने स्पष्ट पारे । उद्घाटनका प्रमुख अतिथि सभासद् गुरुङले भने गैरकानुनी तरिकाबाट राखेपमा आएको व्यक्तिले क्यानमा गैरजिम्मेवारीपूर्वक गिद्धे नजर लगाएको आरोप लगाए ।

प्रतिक्रिया